CG Electronics
IME Life
Ncell NPL

हृदयेन्द्रलाई राजसंस्थाको जिम्मा दिनुपर्छ, ज्ञानेन्द्रलाई फेरि राजा मान्न सकिँदैन – गोविन्द निरौला

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited
  काठमाडौं । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस आइतबार देशैभर विभिन्न कार्यक्रम गरी मनाइरहँदा नेपाल समाजवादी कांग्रेसले भनें स्मृति समारोह भनेर मनाएको छ ।
१०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको खुशियालीमा प्रजातन्त्र दिनस मनाउने गरिएको छ । दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीका साथै पार्टीका प्रमुख नेताहरुले पनि शुभकामना दिएका छन् ।
तर यो पार्टीले भनें पार्टी केन्द्रीय कार्यालयमा फरक कार्यक्रम गरेर समाजमा चेतना बाँडेको छ । पार्टी अध्यक्ष गोविन्द निरौलाले पत्रकार भेटघाटमा भने ‘हामी यसलाई प्रजातन्त्र दिवस भन्न सक्दैनौं र बुझ्नेहरुले त्यसो भन्न पनि मिल्दैन ।’ निर्वाचन आयोगमा दर्ता भएको नेपाल समाजवादी कांग्रेसले प्रजातन्त्र दिवस मनाउनुको सान्दर्भिकता नभएको जनाएको छ । पार्टी अध्यक्ष निरौलाले वास्तविक रुपमा अझै पनि प्रजातन्त्र नआएको बताए ।
उनले २००७ साल फाल्गुण ७ गते प्रजातन्त्र घोषणामात्र गरिएको भन्दै त्यसमा असन्तुष्टि जनाए । उनले अझै पनि जनताले गाँस, बास र कपास नपाएको भन्दै सरकार र अन्य प्रमुख राजनीतिक दलहरुले जनतालाई सधैं ढाँटिरहेको आरोप लगाए । उनले पूर्वराजा बीरेन्द्र प्रजातन्त्रवादी राजा भएको भन्दै पूर्वराजा ज्ञानेन्द्रको सट्टा उनका नातीलाई राजसंस्था चलाउने जिम्मेवारी दिनुपर्ने बताए । उनले यो अभियानमा लाग्नसमेत सबैलाई आग्रह गरेका छन् ।
‘राजसंस्था आवश्यक छ, राजसंस्था रहेन भनें देश समाप्त हुन्छ, अहिले देश त्यही दिशामा गइरहेको छ’ निरौलाले भने ‘ २०६३ सालदेखि २०६५ सालसम्म आउँदा राजतन्त्र अन्त्य गर्ने काम ज्ञानेन्द्रले नै गरे, उनले राजगद्यी छोड्दा जनतालाई सोध्नु पर्दथ्यो सोधेनन् त्यो उनको गल्ती हो ।’ निरौलाले जातजातिको आधारमा विभिन्न बहाना गर्दै देश विभाजनको संघारमा पुगेको बताए ।
‘२०७२ सालमा जारी भएको संविधान देशको हितमा छैन, यो संविधान अहिले नै खारेज गर्नुपर्छ’ उनले भने ‘हामी नयाँ संविधान जारी गर्छौ, अहिले लेखन कार्य भइरहेको छ, त्यो संविधानमात्र सबैको साझा बन्न सक्छ ।’ उनले उद्योग, उत्पादन र वितरणलाई ध्वस्त पारेर समृद्ध नेपालको परिकल्पना गर्न सकिँदैन भन्दै उनले थपे ‘शासकहरु सबै भ्रष्टाचारमा ल्प्ति छन्, वाइडबडी, एनसेलको अरबौ पैसा उनीहरुले पचाएका छन् ।’ विभिन्न चाडपर्व र अवसरमा कहिले शुभकामना सन्देश दिँदै त कहिले विज्ञप्ती निकाल्दै पार्टीले देश र जनताको पक्षमा चिन्ता व्यक्त गर्दै आएको छ ।
निरौलाले भारतीय बजार विस्तारको लागि सरकारले आफैं जानीजानी उद्योग, कलकारखाना ध्वस्त पारिएको आरोपसमेत लगाएका छन् । निरौलाले आफूहरुको पार्टी स्वदेशी विचारबाट चलेकाले निर्वाचन आयोगले दल दर्ता गर्न धेरै समय अल्झाएकोमा समेत आपत्ति जनाएका छन् । यो पार्टीको चुनाव चिन्ह भुइकटहर रहेको छ ।
९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...