CG Electronics
IME Life
Ncell NPL

कानून तथा नीति निर्माण समितिको संयोजकमा अधिवत्ता बिष्णु गिरी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौ । कालोबजारी गुणस्तरीयहिन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी हाम्रो प्रतिबद्धता भन्ने मूख्य नारा सहित गृह मन्त्रालय मार्फत उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापीत नेपाली उपभोक्ता संरक्षण महासंघले बिभिन्न समिति गठन गरेको छ ।

 

महासंघको माघ २५ गते बसेको बैठकको निर्णय अनुसार बिभिन्न १५ समितिको सयोजक मनोनयन गरिएको महासंघका प्रवता लुमडी कार्कीले जानकारी दिए ।

गठन गरिएका समतिहरुमा अनुगमन तथा मुल्याकन समितिको संयोजकमा लुमडी कार्की, संगठन सदस्यता तथा ननिबरण समितिको संयोजकमा अर्जुन कुमार खड्का , अनुसन्धान तालिम र बिकास समितिको संयोजकमा लक्ष्मी शर्मा,अनुसासन समिति संयोजक धुब्र बहादुर शाह, आर्थिक समिति दुर्गा थापा, कानून तथा निति निर्माण समिति संयोजक अधिवत्ता बिष्णु कुमार गिरी, खेलकुद समितिमा सोभितमान गिरी, प्रत्यक्ष बिक्रि समिति अर्जुन कुमार श्रेष्ठ, संघ संस्था समन्वय समिति यशु अधिकारी, प्राबिधिक परामश समिति प्रज्जवल भट्टराई, कृषि समन्वय समिति सुरेन्द्र कुमार जोशी , बिबाद समाधन तथा परामर्श समिति सुमन कुमार लामा, राजश्व परामर्श समिति समिर राना, सहकारी ब्यबस्थापन समिति जय कला बस्नेत संयोजक रहेका समिति गठन गरिएको छ ।

समिति गठनको बारेमा जानकारी दिदै नेपाली उपभोता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउदले नेपालको कालोबाजारी, भ्रष्टाचार, गुणस्तरहिन् अखाद्य–बिषादी बस्तुको निर्मुलिकरण गरी सर्ब–साधारणको चुलोमा स्वस्थ खाना र जीवनमा स्वस्थता ल्याउन महासंघले अल्पकालिन र दिर्धकालीन कार्यक्रम संञ्चालन तत्काल सुरु गर्ने जानकारी दिए । गर्ने जानकारी दिए ।

उपभोक्ता हकहित सम्बन्धि छुट्टै मन्त्रालय गठन गर्न आग्रह गदै अध्यक्ष साउदले भने स्थानिय, प्रदेश र केन्द्र गरी ३ तहमा अधिकार सम्पन्न अनुगमन समिति गठन गरी तीनवटै तहमा नेपाली उपभोक्ता संरक्षण महासंको प्रतिनिधित्व सुनिश्चित गर्न अभियान नै सञ्चाल गर्ने बताए ।

महासंघमा ७ वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै उपभोक्ता हकहितमा कार्यरत ११ संघहरु आबद्ध छन् तथा महासंघको ७ वटा प्रदेश समितिहरु तथा बिभिन्न जिल्ला समितिहरु क्रियाशील छन् । कार्यक्रममा आमउपभोक्ताले भोग्नुपरेकोे कालोबजारी, भ्रष्टाचार, कुुशासन, गुणस्तरहिन÷अखाद्य बस्तु तथा सेवाकाविरुद्ध उपभोक्ता हकहितका लागि जनस्तरको खवरदारी गर्ने र सुशासन कायम गर्ने कार्य महासंघले गदै आएको छ ।

 

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ : रवि लामिछाने

नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले...