कोका–कोला नेपालले १ हजार महिला व्यवसायीलाई ‘सक्षम’ तालिम
Thursday Mar 09, 2023
वि.सं.२०७९ फागुन २५ बिहीवार ००:०२
काठमाडौं । कोका–कोलाका नेपालले एक हजार जना महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिन सुरु गरेको छ ।
कोका–कोलाले नेपालका लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर महिलाहरुका लागि ‘सक्षम’ कार्यक्रम सुरु गरेको हो । कम्पनीले नेपालका विभिन्न स्थानमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिन लागेको जनाएको छ ।
‘दिगो भविष्यका लागि आज लैंगिक समानता’ भन्ने अन्तर्राष्ट्रिय महिला दिवसको नारालाई समर्थन गर्दै महिलाहरुलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना अनुसार तालिम सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।
यो कार्यक्रममार्फत पसल सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाइ र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘एउटा नारी सक्षम हुनु भनेको सम्पूर्ण राष्ट्र नै सक्षम हुनु हो । त्यसैले हामीले महिलालाई सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागेका हौं ।’
यसअघि पनि स्टार र ५बाइ२० जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको भन्दै उनले ती कार्यक्रमहरुले महिलाहरुको जीवनमा सकरात्मक परिवर्तन ल्याउन सफल भएको बताए ।
महिला सशक्तिकरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने अभियान अन्तर्गत यो वर्ष नेपालभरि साना किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आइरहेका एक हजार जना महिलाहरुलाई व्यवसायिक तालिम दिन लागिएको उनले बताए ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले ग्रामीण तथा सहरी क्षत्रका धेरैजसो किराना पसल र खाजा पसलहरु सञ्चालन गरिरहेका महिलाहरुको व्यापारिक क्षमता अभिवृद्धि गराउने लक्ष्यका साथ तालिम सञ्चालन गर्न लागिएको बताए ।




























