CG Electronics
IME Life
Ncell NPL

अज बैंकर्स संघको बैठक बस्दै, चैत्र १ गतेदेखि लागू हुने गरी केहि प्रतिशतले ब्याज घट्ने सम्भावना

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सर्वसाधारण चर्को ब्याजदरको मारमा परेर रिपेमेन्ट क्यापासिटी ह्रास हुँदै गएपछि ब्याजदर घटाउने तयारीमा बैंकर्स संघ अघि बढेको छ । स्रोतका अनुसार आगामी चैत्र १ गतेदेखि ऋणको ब्याजदर घटाउने अनौपचारिक सहमति भइसकेको छ । सम्भवत : आज बस्ने बैकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गर्नेछ ।

 

 

ब्याज बढी भएको भन्दै बैंकविरुद्ध केहि अराजक गतिविधिहरु पनि भएका छन् । ८ प्रतिशतमा लिएको ऋणको ब्याज १६ प्रतिशत भन्दा बढी पुग्यो भनेर व्यवसायीको निरन्तर दुखेसो छ । भान्सामा प्याजले के रुवाउँछ र बिजनेशमा ब्याजले यति रुवायो भनेर व्यवसायीको रुवाबासी छ । यसरी ब्याज बढी भयो भनेर पीर गर्ने व्यवसायीहरुलाई, अव भने खुसीको खबर छ । किनकि, अव भने विस्तारै बैंकको ब्याज घट्ने भएको छ ।

 

लागत उच्च हुँदा एकातिर ऋणको माग पनि नहुने र अर्कोतिर बढी ब्याज हुँदा व्यवसायीमा परेको दबाबले उठ्नुपर्नेजति ब्याज पनि उठ्न छोडेको स्थिति र सरकारको पनि ब्याज घटाउनु भन्दै आएको घुमाउरो दबाबपछि अन्तत: बैंकहरुले पनि ब्याज घटाउने रणनीति लिनेगरी अगाडी बढेका छन् ।
हुन त केहि बैंकहरुले ऋणीले तिर्नुपर्ने ब्याजवापतको रकम घट्नेगरी निर्णय लिईसकेका छन् । केहि दिनअघि मात्र सानिमा बैंकले ब्याजमा प्रिमियम घटाएको खबर ऋणीहरुलाई पठाएको थियो । प्रिमियम घटेपछि ऋणीले तिर्नुपर्ने कुल ब्याजको रकम घट्छ । सानिमा बैंकले २ प्रतिशतसम्म प्रिमियम घटाउँदा सिटिजन्स बैंकले पनि २ प्रतिशत प्रिमियम घटाएको थियो । त्यसपछि एभरेष्ट बैंकले पनि ऋणीलाई लगाएको प्रिमियम १ प्रतिशतले घटाएको खबर ऋणीलाई पठाएको छ भने अन्य केहि बैंकहरुले पनि प्रिमियम परिमार्जन गरेका छन् ।

 

यसो त गत माघमा निक्षपको ब्याज घटेको थियो । माघअघि १२.१३३ प्रतिशत ब्याज दिइरहेका बैंकहरुले माघबाट सो ब्याज ११ प्रतिशतमा झारेका थिए । फागुनमा ब्याजमा कुनै पनि परिमार्जन नगरेका बैंकहरुले चैत्र १ गतेबाट भने ब्याज घटाउनुपर्ने भन्दै बैंकर्स संघको बैठकमा एजेण्डा लगेर छलफल गर्दैछन् । अहिलेका लागि १ प्रतिशतले निक्षेपको ब्याज घटाउनुपर्ने धेरै बैंकरहरुको तर्क छ । यसमा केहि बैंकहरुले फरक मतसमेत राखेका छन् । चैत्रमा धेरै व्यवसायीहरुले कर र किस्ता तिर्न रकम झिक्ने हुनाले निक्षेपमा ब्याज एकै पटक १ प्रतिशतले तत्काल घटाउँदा निक्षेप नै निरुत्साहित हुने तर्क केहि बैंकहरुको छ ।

तर धेरै बैंकरहरु भने लागत कम गर्न दबाब भएको भन्दै ब्याज घटाउनु नै पर्ने अडानमा छन् । निक्षेपको ब्याज दर घटेपछि बैंकको लागत कम हुन्छ । परिणाम, बैंकको आधार दर कम भएर जान्छ ।आधार दर कम हुने बित्तिकै कर्जाको ब्याज पनि सस्तो हुन्छ । पछिल्लो समय बैंकहरुको लागत नै बढी भएकाले कर्जामा बैंकहरुले लिने बैंक पनि बढी थियो ।

 

अहिले बैंकहरुलाई ब्याज घटाउने दबाब छ । व्यवसायीहरुको ऋण तिर्न नसक्ने भन्दै गरिएको आन्दोलनले नियमित किस्ता तिरिरहेकाहरुले पनि किस्ता होल्ड गर्न थालेपछि बैंकहरुलाई ऋणको ब्याज घटाउनैपर्ने दबाब छ । नियमित किस्ता उठ्न छोडेपछि प्रणालीमै समस्या आउन सक्ने चिन्ता बैंकहरुको छ । व्यवसायीहरुले पनि नियमितजसो आन्दोलन र भेटघाट गरेर सरकारलाई ब्याज घटाउन निर्देशन दिन दबाब दिईरहेका छन् ।

अर्कोतर्फ नेकपा एमाले प्रतिपक्षमा हुनेबित्तिकै नेपाल राष्ट्र बैंक सरकारप्रति अनुदार भएको आरोप लागिरहेका बेला सो आरोप चिर्न पनि राष्ट्र बैंकले पनि बैंकहरुलाई सकेसम्म ब्याज घटाउने ठाउँ खोज्न घुमाउरो पारामा संकेत गरिरहेको छ ।

ऋणको माग नै नहुँदा एकातर्फ प्रणालीमा समस्या हुने र अर्कोतर्फ किस्ता पनि समयमा उठ्न छोडेको अवस्थामा प्रणाली सून्य गतितर्फ लागेकाले माग र आपूर्तिको सिद्धान्तअनुसार नै ब्याज घटाउने पहल बैंकहरुले सुरु गरेका हुन् । यस विषयमा बिहिबार बस्ने बैंकर्स संघको बैठकमा छलफल पछि निर्णय हुनेछ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले यस अघि नै ब्याज घट्दै जाने बताएका थिए ।

पछिल्लो तथ्यांकअनुसार अहिले बैंकहरुसँग कुल ४७ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप छ भने यसको २८ प्रतिशत बचत निक्षेप छ । यहि तथ्यांकलाई विश्लेषण गर्ने हो भने पनि १३ खर्ब २८ अर्ब ८८ करोड रुपैयाँ बचत निक्षेपको ब्याज एक प्रतिशतले मात्र घट्दा पनि बैकिङ क्षेत्रको लागत १३ अर्ब २८ करोड रुपैयाँले घट्ने छ । केहि बैंकरहरु १ प्रतिशतले भन्दा पनि ०.५ प्रतिशतले अहिले ब्याज घटाउँ भन्ने तर्क गरिरहेका छन् । ब्याज कतिले घटाउने भन्ने बहस भए पनि घटाउनुपर्छ भन्ने कुरामा सबै राजी भएका छन् ।

माघमा ब्याज घटेपनि घटेको आधार दर समायोजन हुन पाएको थिएन । अब माघको र चैतको आधार दर समायोजन भएर वैशाख १ गतेदेखि घटेको आधार दर कायम हुन्छ । यो आधार दरका आधारमा ऋणको ब्याज बैसाखदेखि सस्तो हुन्छ ।

१ प्रतिशतमात्र ब्याज घटाउन बैंकहरु राजी भए भने माघ र चैत्रको घटेको आधार दर हिसाब गर्दा कर्जाको ब्याज झण्डै पौने दुई प्रतिशतले सस्तो हुन्छ । बैंकहरुले ०.५ प्रतिशतमात्र ब्याज घटाए भने पनि बैसाखमा ब्याज राम्रै घट्ने देखिन्छ ।

 

यसो त नेपाल बैंकर्स संघमा मुद्दती निक्षेपको समय हेरेर फरक फरक ब्याज दिने अभ्यासका बारेमा पनि छलफल हुँदैछ । अहिले ३ महिना राखे पनि १ बर्ष राखे पनि बैंकले मुद्दती निक्षेपमा उति नै ब्याज दिईरहेको छ । अव भने ३ महिने मुद्दतीमा फरक ब्याज र १ बर्षे मुद्दतीमा फरक ब्याज हुनुपर्ने आवाज उठेको छ र बैंकर्स संघमा यस विषयमा घनिभूत छलफल हुने बुझिएको छ ।

३ महिनामात्र निक्षेपमा पैसा राखिँदा ३-३ महिनामा बैंकहरुले ठुलो कष्ट गरेर सो रकम होल्ड गर्नुपर्ने स्थिति छ । बढी समय पैसा राख्दा बढी ब्याज आउने हुँदा सो समस्या पनि केहि कम हुने बैंकरहरुको तर्क छ ।

 

बैंकको ब्याज घटेपछि नेपाली सेयर बजारमा त्यसले सकारात्मक असर गर्छ । अहिले ब्याज बढी हुँदा एक त ऋण लिएर सेयर लगानीकर्ताहरुले सेयरमा पैसा लगाउन सकिरहेका छैनन् भने अहिलेको बजारमा बजारले दिने रिटर्नका लागि लिइने जोखिमभन्दा सहज बैंकले दिने ब्याज छ ।

अव बैंकले ब्याज घटाएको स्थितिमा एक त मुद्दती निक्षेपमा राखेको पैसा सेयर बजारमा आउने सम्भावना बढ्छ भने अर्कोतर्फ ऋण लिएर सेयरमा लगाउँदा फाइदा हुने देखेपछि लगानीकर्ता सेयर बजारतर्फ आकर्षित हुने धेरैको अनुमान छ ।

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोक’: नयाँ ‘Frostline’ कुलर लाइनअप सार्वजनिक

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोक’: नयाँ...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:२८

  काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजीले यस वर्षको...

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:३४

  चितवन । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई...

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:२२

  काठमाडौं । नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रका...

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु सार्वजनिक

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु...

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:०७

  काठमाडौं । दुवईस्थित राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी)का उत्पादनहरू आधिकारिक...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...