CG Electronics
IME Life
Ncell NPL

मर्जरमा गएका प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सले  एकिकृत कारोबार गर्दै

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। मर्जरमा गएका प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सले वैशाख २ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गर्ने तयारी गरेको छ। गत वैशाख २९ गते मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेको एक बर्षमा कम्पनीले एकिकृत कारोबार शुभारम्भ गर्न लागेको हो ।

जीवन बीमातर्फ पहिलो मर्जर गरेको कम्पनीको आन्तरिक लेखापरिक्षण र विविध कारणले गर्दा तोकिएको समयमा सक्न नपाएको मर्जर कमिटीका एक संचालकले बताए।तीनवटै कम्पनीको एक्चुरी भ्यालुएसन अन्तिम चरणमा पुग्न लागेको हुँदा एकिकृत कारोबारको मिति तय गरेका हौं, ती संचालकले भने । बीमा प्राधिकरणले पनि यी तीन कम्पनीले बैशाख वैशाख २ गते एकिकृत कारोबार गर्ने क्यापिटल प्लान सम्बन्धी जानकारी दिइसकेको जनाएको छ ।

यी तीन कम्पनीमध्ये दुईको एक्चुरी भ्यालुएसनको काम सम्पन्न भईसकेको छ भने गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको भने एक्चुअरी भ्यालुएसन, लेखापरीक्षण र शेयर कन्भर्टरमा समस्या देखिएको कारण केही समय लम्बिएको हो । तर गुराँस लाइफमा देखिएका समस्याको समाधान भईरहेको हुँदा यी कम्पनीले मर्जर हस्ताक्षर गरेको एक बर्षपछि एकिकृत कारोबार घोषणा गर्न लागेको हो ।

मर्जर सम्झौतापत्रमा तीन कम्पनीले डीडीएका आधारमा स्वाप रेसियो १ः१ः१ तय गरेको छ। यदि एक्चुरी भ्यालुएसनमा केही समस्या देखिए थपघट हुने समेत निर्णय गरेको थियो । तीनवटै कम्पनीको मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार हुनेछ।

नयाँ बन्ने कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हालको युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्ण रहने छन्। गुराँस लाइका सीइओ विपिन कर्ण र प्राइमका सीइओ निर्मल दाहाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुने छन्।तीन वटा कम्पनीले कर्मचारीहरुको संख्या घटाउन भिआरएस लागु गर्दैछ । अन्तिम सहमति पछि दुई कम्पनीले साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरिसकेका छन् । गुराँस लाइफले पारित गर्ने तयारीमा रहेको छ।

हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख, गुराँस लाइफको २ अर्ब ८ करोड र यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।मर्जरपछि यी तीन कम्पनीको चुक्ता पुँजी ७ अर्ब ७० करोड रुपैयाँभन्दा बढी पुग्नेछ। प्राधिकरणले तोकेको पुँजी भन्दा बलियो पुँजी सहित कम्पनी खडा हुँदैछ ।

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोक’: नयाँ ‘Frostline’ कुलर लाइनअप सार्वजनिक

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोक’: नयाँ...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:२८

  काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजीले यस वर्षको...

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:३४

  चितवन । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई...

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:२२

  काठमाडौं । नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रका...

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु सार्वजनिक

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु...

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:०७

  काठमाडौं । दुवईस्थित राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी)का उत्पादनहरू आधिकारिक...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...