CG Electronics
IME Life
NIMB

सिबिफिनद्वार कुमारी बैंकमा भएको धरपकड र जबरजस्तीप्रति खेद प्रकट

NIMB
Himalayan Bank

 

 

 

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)ले बैंकको कार्यालय तथा कर्मचारीहरुमाथि गरिएको धरपकड र जबरजस्तीप्रति खेद प्रकट गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मकवानपुर हेटौंडास्थित कुमारी बैंकको शाखा कार्यालयमा धरपकड र कार्यालय बन्द गर्ने गतिविधिहरुप्रति सिबिफिनले खेद प्रकट गरेको हो ।

‘व्यवसायिक संस्थाहरुले फागुन ३० गते मकवानपुर हेटौडास्थित कुमारी बैंकको शाखा कार्यालय लगायतमा बैंकिङ सेवा अवरुद्ध गर्ने, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिने जस्ता अत्यन्तै नियोजित गतिविधिहरुप्रति सिबिफिन गहिरो खेद प्रकट गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

वर्तमान अवस्थामा भोगिरहेका समस्याहरुको उचित समाधानका लागि सबै जना एकजुट हुनुपर्ने र भयरहित वातावरणमा बैंकिङ सेवा सुचारु गर्न उचित शान्ति सुरक्षाको व्यवस्था गर्न नेपाल सरकार, नियामक निकाय र सरोकारवाला पक्षहरुको ध्यानाकर्षण समेत गराएको छ ।

सुरक्षा निकाय, अस्पताल, बैंक तथा वित्तीय संस्था, एम्बुलेन्स, खानेपानी, फोहोर व्यवस्थापनलगायतका क्षेत्रलाई अत्यावश्यक सेवाका क्षेत्रको रुपमा परिभाषित गरिएको छ । यस्ता क्षेत्रमा बन्द तथा हडताल गर्न नहुने र नपाइने गरी राजपत्रमा सूचना प्रकाशित गरेको भएपनि उल्लङ्घन गरेको भन्दै खेद प्रकट गरेको हो ।

जस्तोसुकै समस्याहरुको समुचित समाधानका उपायरु वार्ता तथा संवादको माध्यमबाट पहिल्याउन सकिने सिबिफिनले बताएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोकी वार्ता तथा संवादको प्रक्रियामार्फत समस्या समाधान गर्न कनेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसँग माग गरेको छ ।

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...