Dish Media Network
global ime bank
machapuchhare  bank

अब इटहरीमा कोरियन प्रविधिको आगोमा नपोली बाताबरण मैत्री इँटा बन्ने

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौ ।  दक्षिण कोरियन निर्माणजन्य सामाग्रीको उत्पादक कम्पनी इन्नो सीएसआर नेपाल र एन. पी. निर्माण सेवा प्रालि बीच ‘गुड ब्रिक्स सिस्टम’लाई प्रोत्साहन गर्ने उद्देश्यका साथ साझेदारी भएको छ ।

इटहरीमा रहेको एन. पी. निर्माण सेवाले इन्नो सीएसआरद्वारा विकसित नन फायर इँटा उत्पादन प्रविधि ‘द गुड ब्रिक्स सिस्टम’मा सहकार्य गर्दा कोशी प्रदेशको विकास तथा निर्माणका लागि महत्वपूर्ण हुने साम येान सुक लिले बताए ।

इन्नोसीएसआरले हालै नेपालका विभिन्न भागहरूमा इट्टा उद्योगहरू तथा निर्माण कम्पनीहरूसँग समेत सहकार्यको घोषणा गरेको छ ।

साम योन सुक लीले ‘ कोशी प्रदेशमा (प्रदेश नम्बर १) रहेको एन. पी. निर्माण कम्पनीसँगभएको साझेदारीप्रति खुशी प्रकट गरेका छन् । गुणस्तरीय इँटा उत्पादन गरि निर्माणका क्रममा वायु प्रदूषण कम गर्ने उनको भनाइ छ । ‘माटो, सिमेन्ट र सोयल स्टेपलाइजरको मिश्रणबाट बनेको गुड ब्रिक्स सिस्टमले इटाको गुणस्तरका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छ,’ उनले भने ।

‘कोशी, बाग्मती र गण्डकी प्रदेश सहित नेपालभरि तिब्र गतिमा साझेदारीतथा उधोग स्थापना बढाउँदै गएकाले यस प्रविधिबाट तयार पारिएको इँटाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ ।’ साम येन सुक ली थप्छन् ‘ ग्राहक सेवाको सहजतालाई ध्यानमा राख्दै हामीले चाँडै नै सातवटै प्रदेशमा कम्पनी सञ्चालनमा ल्याउने योजना बनाएका छौं ।’

आगोमा नपोली बाताबरण मैत्री र अन्तर्राष्ट्रिय मापदण्डको इँटा इटहरीमै उत्पादन गर्ने सम्झौता गर्दा आफुहरु उत्साहित भएको एन. पी. निर्माण कम्पनीका सञ्चालक मनिता दंगालले बताइन् ।

इन्नोसीएसआर सन् २००८ मा स्थापित विस्वस्तरीय निर्माण सामाग्री प्रविधि प्रदायक कम्पनी हो । कम्पनीले ‘गुड ब्रिक्स सिस्टम’ मार्फत एसिया र एसिया बाहिरका मुलुकहरूमा निर्माणकार्यलाई अझ सहज र मजबूत बनाउने लक्ष्य राखेको छ । यस सिस्टममार्फत उत्पादित इँटाको प्रयोगले वातावरणलाई समेत नकारात्मक असर नपार्ने कम्पनीको दाबी छ ।

एन.पी. निर्माण सेवा वि.सं. २०७५ मा स्थापना भएको कम्पनी हो । कम्पनीको कम्पनीले इटहरी र आसपासका क्षेत्रमा निर्माण सामाग्री आपूर्ति गर्दै विभिन्न निर्माण कार्यमा सहभागी हुँदै आएको छ।

ADBL
prabhu bank

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४८

  काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०७

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट...

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५५

  काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौता गरेको...

कुमारी बैंकले ६ हजार ३२४ कित्ता सेयर बेच्दै

कुमारी बैंकले ६ हजार ३२४ कित्ता सेयर...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५४

  काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको...