NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा

NIMB
leapmotornepal (citroen)

 

 

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रम सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानज्यू तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग आवद्ध पेट्रोल पम्पहरुले पिओएस, क्युआर, लगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरी ग्राहकलाई बिक्री गरेको तेल खरिदको भुक्तानी डिजिटल प्लेटफर्म मार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान गर्नेछन् ।

एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले देशको वार्षिक झण्डै २ खर्बको तेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आवद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने बताए ।

यसका साथै बैंकले विभिन्न चरणमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन सँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरुमा डिजिटल सचेतना कार्यक्रमहरु समेत सञ्चालन गर्नेछ ।

बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:१५

  काठमाडौँ, नेपाल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...