अनन्तको गोलमा लाओसविरुद्ध नेपालको अग्रता
Thursday Mar 23, 2023
वि.सं.२०७९ चैत ९ बिहीवार ०९:१०
काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तरगतको पहिलो खेलमा नेपालले लाओसविरुद्ध अग्रता लिएको छ । आज भएको उद्घाटन खेलको ३० औं मिनेटमा अनन्त तामाङले हेड मार्फत गोलगर्दैै नेपाललाई अग्रता दिलाएका हुन् ।
नविन लामाको कर्नरमा तामाङले आकर्षक हेड गर्दै बललाई पोस्टको दिशा देखाएका थिए । तामाङको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो ।
अहिले मध्यान्तर अघिको खेल सकिएको छ ।

























