CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ५ मंगलवार

skip this KENT :CG Electronics 6

पर्यटनको विकास गर्न दक्ष जनशक्तिको आवश्यकता छ : प्रधानमन्त्री प्रचण्ड

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको प्राकृतिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्दै पर्यटनको विकास गर्न दक्ष जनशक्तिहरु आवश्यक भएको बताएका छन् ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्वर्ण जयन्ती समारोहमा बोल्दै उनले नेपाल सरकारको तर्फबाट दक्ष जनशक्ति पर्यटन निमार्णमा आवश्यक सम्पूर्ण सहयोग एवं समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्तिहरु देशका सबै क्षेत्रहरुमा विकास गर्न एकदम जरुरी भइसकेको छ । त्यसका लागि नेपाल सरकारको तर्फबाट यस संस्थालाई आवश्यक सम्पूर्ण सहयोग एवं समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दछु । ’

उनले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न किसिमका प्रतियोगितात्मक क्रियाकलाप र शिक्षणमा केन्द्रित हुन आग्रह गर्दै व्यक्तिगत र नेपाल सरकारको तर्फबाट हरकिसिमको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

उक्त संस्थालाई आवश्यक पर्ने ऐन संसदबाट अनुमोदन गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन पनि गरेका छन् ।

उनले शैक्षिक संस्थाहरु केबल विद्यार्थी उत्पादन गर्ने थलोको रुपमा मात्र सीमित भएको भन्दै नाथमलाई उद्योगलाई चाहिने नयाँ सोच निकाल्ने थलोको रुपमा विकास गर्न आग्रह गरेका छन् ।

त्यसैगरी नेपालका ७५३ वटै स्थानीय सरकारहरुसंग समन्वय गरी त्यहाँको पर्यटन विकासका लागि नाथमको विज्ञता प्रयोग गरी अगाडि बढ्न नाथमको कार्यक्रमलाई थप सुदृढ गर्न नाथम सञ्चालक समिति र कर्मचारीहरुलाई निर्देशन पनि दिएका छन् ।

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी गुनासोको समाधान प्रक्रियामा तीव्रता

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी...

वि.सं.२०८३ जेठ ४ सोमवार १०:४१

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा...

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख ‘भेप’ रहेको आशंका

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख...

वि.सं.२०८३ जेठ २ शनिवार १६:५६

काठमाडौँ । भन्सार विभाग ले कोरोला नाकाबाट हिजो राति करिब...

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...