CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ६ बुधवार

skip this CURRENT

रेमिट्यान्समा मात्र निर्भर हुँदा अर्थतन्त्रमा संकट आयो : गभर्नर अधिकारी

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राज्य रेमिट्यान्समा निर्भर रहेकोले अर्थतन्त्रलाई चलाएमान गराउन आर्थिक पुनःसंरचनामा लाग्नु पर्ने बताएका छन् ।

मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले राज्य रेमिट्यान्समा मात्र निर्भर हुदा अर्थतन्त्रमा सङ्कट आएको भन्दै आयातलाई प्रतिस्थापन गर्र्नु पर्ने बताएका छन् ।
उनले भने,“हामी रेमिट्यान्समा निर्भर भएका छौं ।

 

आर्थिक पुर्नसंरचनामा लाग्नु पर्ने हाम्रो प्राथमिकता हो । हामी मौन बस्यौ भने हामी सङ्कटमा पर्न सक्छौ । आयातमा प्रतिस्थापन गर्न सक्ने बस्तुहरुको पहिचान गरेर त्यस बमोजिम कार्य गर्नु अहिलेको आवश्यकता छ ।”

उनले कोभिडको समय पछि रसिया युक्रेनको द्वन्द्वले विश्व अर्थतन्त्रमा ठुलो चाप पारेको भन्दै निमार्ण क्षेत्रमा भएको मन्दीले प्रत्यक्ष रुपमा ठुला खालका उद्योगहरु, सिमेन्ट, स्टील जस्ता उद्योगहरुमा प्रत्यक्ष रुपमा असर परेको बताए ।
उनले आर्थिक सिथिलताले बजारमा नैराश्यता ल्याएको समेत जिकिर गरे ।

 

सात महिनाको स्थितीमा ७ दशमलव ८८ प्रतिशत मुल्य बृद्धि सामना गरिरहेको भन्दै २०३९ साल देखि वैदेशिक व्यापार घाटा रहेको तथा उक्त घाटाले आयात र निर्यातमा संकुचन आएको टिप्पणी गरे ।

गभर्नर अधिकारीले आन्तरीक उत्पादन दिगो बनाउन कृषि क्षेत्रलाई प्राथमिकता दिई कृषि उत्पादन बढाउनु पर्ने बताए ।

 

 

 

 

 

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी गुनासोको समाधान प्रक्रियामा तीव्रता

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी...

वि.सं.२०८३ जेठ ४ सोमवार १०:४१

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा...

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख ‘भेप’ रहेको आशंका

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख...

वि.सं.२०८३ जेठ २ शनिवार १६:५६

काठमाडौँ । भन्सार विभाग ले कोरोला नाकाबाट हिजो राति करिब...

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...