IME Life
NIMB

महिला उद्यमशीलताको विकासका लागि मेटलाइफ फाउन्डेसनद्वारा स्वावलम्बन विकास केन्द्र नेपालसँग सहकार्य

NIMB
Himalayan Bank

 

काठमाडौं । मेटलाइफ फाउन्डेसनले नेपालका विभिन्न लघुवित्त संस्थाहरुसँग आबद्घ महिला उद्यमीहरुको आर्थिक अवस्था सुदृढ गर्ने तथा उनीहरुलाई डिजिटल ज्ञान प्रदान गर्ने उद्देश्यका साथ स्वावलम्बन विकास केन्द्र (सिएसडि) नेपालसँग सहकार्य गरेको छ ।

यस पहल बमोजिम, सिएसडिले विभिन्न लघुवित्तमा आबद्घ महिला उद्यमीहरुलाई सञ्जाल विकासको अवसर, विशेषज्ञबाट व्यवसायिक सल्लाहसुझाव, तथा व्यापक प्रशिक्षण प्रदान गरि उद्यमशीलताको दक्षता बढाउने कार्य गर्नेछ ।
यस सहकार्यले नेपालमा उदीयमान महिला उद्यमीहरुका लागि समावेशी व्यवसायिक वातावरण श्रृजना गर्ने लक्ष्य राखेको छ ।

उद्यमशीलता र नवप्रवर्तन तालिम, वित्तीय तथा डिजिटल ज्ञान सम्बन्धी कार्यक्रम, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा पहुँच, तथा देशैभर सञ्जाल विकास जस्ता कार्यक्रमहरु मार्फत करिब ५,००० महिला उद्यमीहरुको उत्थानका लागि यस सहकार्य अन्तर्गत कुल ५०,००० अमेरिकी डलर प्रयोग गरिनेछ । यस परियोजनाका लागि एमएससि ग्लोबल कन्सल्टिङ्ग नामक एक परामर्श कम्पनीले नेपालभरका विभिन्न लघुवित्त संस्थाहरुमार्फत समन्वय गर्न सिएसडि नेपालसँग सम्झौता गरेको छ ।

मेटलाइफ फाउन्डेसनले महिला नेतृत्वमा रहेका व्यवसायहरुलाई लक्षित गरि शुरुवात गरिएको यस सहयोगको उद्देश्य व्यवसायमा महिलाहरुको सहभागितालाई बढाउनु र बजारको संवेदनशीलताबाट सुरक्षा प्रदान गर्नु रहेको छ । साथै यसले डिजिटल प्रवृत्ति तथा वित्तीय विशेषज्ञताको परिचय मार्फत महिला उद्यमीहरुको डर हटाउन र उनीहरुलाई दीगो जीविकोपार्जनका लागि असल निर्णयहरु लिन आत्मविश्वास प्रदान गर्न समेत मद्दत गर्नेछ । यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भारत, बंगलादेश, नेपाल र भियतनाममा समावेशीता र स्वतन्त्रता मार्फत समानतालाई अंगाल्ने वाचास्वरुप मेटलाइफ फाउन्डेसनले यस साझेदारी परियोजनाको शुरुवात गरेको हो ।

मेटलाइफ नेपालका भाइस प्रसिडेण्ट तथा महाप्रबन्धक श्री निर्मलकाजी श्रेष्ठका अनुसार, “मेटलाइफ फाउन्डेसनको यस सहकार्यको शुरुवातले महिला उद्यमीहरुका लागि आवश्यक श्रोतहरुमा पहुँच प्रदान गर्नेछ । साथै यसले महिला उद्यमीहरुको व्यवसाय विस्तारकालागि उनीहरुको प्राविधिक तथा डिजिटल क्षमता वृद्घि गर्दै स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको समेत अनुभव लिन मद्दत गर्नेछ ।”

मेटलाइफ फाउन्डेशनको बारेमाः

मेटलाइफ फाउण्डेशनमा हामी आर्थिक स्वस्थता सबैको लागी हो भन्ने मान्यता राख्दछौँ । आर्थिक असक्षमता भएका समुदाय र मानिसको आर्थिक स्वस्थता वृद्धिका लागी हामीले साहसी समाधान, गहिरो आर्थिक विशेषज्ञता र महत्वपुर्ण अनुदान उपलब्ध गराउदछौँ । ठोस प्रभाव पार्ने प्रयत्नमा मेटलाईफका कर्मचारीलाई सहभागी गराई आर्थिक स्वस्थताको अभिबृद्धि तथा अझ सुदृढ समुदाय निर्माणका लागि हामी विश्वका विभिन्न संस्थहरुसँग सहकार्य गर्दछौं । कर्पोरेट योगदान र समुदायको सहभागिताको लामो परम्पराई निरन्तरता दिन मेटलाइफ फाउण्डेशन सन् १९७६ मा स्थापित भएको होे । स्थापनाकालदेखि सन् २०२० को अन्त्यसम्म आइपुग्दा, मेटलाइफ फाउन्डेशनले ९० करोड अमेरिकि डलर अनुदान मेटलाइफ सञ्चालनमा रहेका ठाउँहरुको समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरुसँग सम्बन्धित लगानी गरिसकेको छ । मेटलाइफ फाउण्डेशनको बारेमा अझ जानकारी mभतषिभ।यचन बाट लिन सकिनेछ ।

स्वावलम्बन विकास केन्द्र नेपाल बारे ः

सन १९९१ मा स्थापित स्वावलम्बन विकास केन्द्र (सिएसडि) नेपाल, महिला उद्यमीहरुको विकासका लागि धितो रहित कर्जा सुविधा उपलब्ध गराउने नेपालका लघुवित्त सेवा प्रदायकहरुमध्ये एक अग्रणी संस्था हो । हाल सिएसडिले लघुवित्त र सहकाकारीहरुका लागि आवश्यक राष्ट्रिय स्तरको तालिम र अनुसन्धानात्मक सेवाहरु प्रदान गरिरहेको छ । उक्त संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कार्यरत लघुवित्त, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाहरुसँग सहकार्य गरि संयूक्त रुपमा काम गर्ने गरेको छ । गुणस्तरिय, माग आधारित र सुलभ मूल्यमा नेपालको लघुवित्त क्षेत्रलाई तालिम प्रदान गर्ने यस उद्देश्य रहेको छ । सिएसडि नेपालले ग्रामीण तथा सामुदायिक विकासमा संलग्न संस्थाहरुका जनशक्ति तथा सदस्यहरुको क्षमता वृद्घिमा टेवा पु¥याउन विभिन्न विषयमा तालिम प्रदान गर्ने एक सबल संस्थाका रुपमा आफूलाई अगाडि बढाइरहेको छ ।

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...