अर्थतन्त्र सुधाका लागि राष्ट्रपति, प्रधानमन्त्रीलगायतको सेवा सुविधा कटौती गर्न महामन्त्री थापाको प्रस्ताव
Thursday Apr 06, 2023
वि.सं.२०७९ चैत २३ बिहीवार ००:३६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, नेपालको अर्थतन्त्र सुधारका लागि राष्ट्रपति, प्रधानमन्त्रीलगायत सरकारी अधिकारीको सेवा सुविधा कटौती गर्न प्रस्ताव गरेका छन् ।
बुधबार काठमाडौँमा आयोजित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले सबैले समयमा ध्यान नपु¥याउदा नेपालको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको अझै पनि सचेत नहुने हो भने झनै खतरा निम्तने चेतावनी दिए ।
मुलुकको वर्तमान स्थितिलाई मध्यनजर गर्दै सेवा सुविधाहरू घटाउनु पर्ने उनको सुझाव छ । उनले भने ‘सरकारले तत्काल गर्नुपर्नेमा जो गर्न सकेको छैन । प्रधानमन्त्री र राष्ट्रपतिले भन्न सक्नुपर्छ १२ जना १५ जना सल्लाकार राख्ने कानुनी प्रावधान छ तर म ५ जना मात्र राख्छु ।
हामी अप्ठेरो अवस्थामा छौँ । त्यसैले प्रधानमन्त्री सहित सबैले अत्यावश्यक बाहेक सबै खर्च कटौती गर्ने छौँ ।’
मन्त्रीहरू फोटो खिच्ने घुम्ने समय नभएको भन्दै उनले यो ३ महिना मन्त्रीहरूले अर्थतन्त्र सुधारका लागि सक्दो प्रयास गर्नु पर्ने बताए ।























