CG Electronics
IME Life
NIMB

युवा संघले बुझायो मुख्यसचिवलाई ज्ञापनपत्र

NIMB
Himalayan Bank

काठमाडौं । गृहमन्त्रालयका तत्कालिन सहसचिव बालकृष्ण पन्थीसहितलाई कारबाही गर्न माग गर्दै राष्टिय युवा संघले आज मुख्यसचिव शंकरदास बैरागी लाई ज्ञापनपत्र बुझाएको हो ।(ज्ञापनपत्रको पूर्णपाठ)

श्रीमान शंकरदास बैरागी,
मुख्य सचिव
सिंहदरबार, काठमाण्डौं

         विषय : ज्ञापन पत्र बुझाएको बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा भुटानबाट एक लाख भन्दा बढि ल्होत्साम्पा समुदायका भुटानी नागरिक देश निकाला भई बेघरबार भएका छन् । देशबाट लखेटिएका भुटानी नागरिकहरुले नेपालमा शरण लिएर झापा जिल्लाको बेलडाँगी र शनिश्चरे शिविरमा शरणार्थी जिवन विताइरहेका छन् । भुटानी शरणार्थीहरुको समस्या समाधानको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्थाहरुको पहलमा भुटानी शरणार्थीहरुलाई तेस्रो देशमा पुनर्वासको व्यवस्था गरिएको छ । यहि व्यवस्था अन्र्तगत अमेरिका, क्यानडा लगाएतका मुलुकमा भुटानी शरणार्थीहरुलाई पठाउने गरिएको छ । ठुलो संख्यामा अहिले पनि नेपालमा भुटानी शरणार्थीहरु शिविरमा जिवन बिताइरहेका छन् ।

यसैक्रममा मिति २०७९ चैत्र २४ गते कान्तिपुर राष्ट्रिय दैनिकमा ‘अमेरिका उडाउने भन्दै ८७५ नेपालीलाई भुटानी बनाउने गिरोहमा राजनीतिक संलग्नता’ शिर्षकमा समाचार प्रकाशन भयो ।

 

तेस्रो देशमा पुनर्वास हुनबाट छुटेका शरणार्थीहरुको समस्या समाधान गर्न सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन सार्वजनिक नगरिनु र सार्वजनिक नभएको सो प्रतिवेदनमा ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची कसरी थप गरियो रु नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर प्रतिवेदनमा किन र कसरी थपियो रु
हालसम्म सो प्रतिवेदन किन सार्वजनिक गरिएन रु कर्मचारीतन्त्र देशको स्थायी सत्ता हो । कर्मचारीतन्त्रले कानूनको अधिनमा रहेर काम गर्ने हो । अनूचित दबाव र प्रभावबाट विचलित हुने र कर्तब्यबाट विमुख हुने अधिकार राष्ट्र सेवक कर्मचारीलाई हुँदैन ।

तसर्थःयुवा संघ नेपाल निम्न विषयमा ध्यानाकर्षण गराउदछ ।
१। सरकारले २०७६ साल असार २९ गते गठन गरेको कार्यदलका संयोजक गृहमन्त्रालयका तत्कालिन सहसचिव बालकृष्ण पन्थी तथा सो कार्यदलका सम्पूर्ण सदस्य उपर अनुसन्धान गरि मुद्दा चलाउन अख्तियार प्राप्त निकायलाई पत्राचार गर्न माग गर्दछ ।

२। उक्त प्रतिवेदन १ हप्ता भित्र सार्वजनिक गर्न माग गर्दछ ।
३। भोक—तीर्खा, घाम—पानी, घर—परिवार गुमाएका, भुटानी माटोमा जन्मिए, हुर्किएका देशबाट लखेटिएका, शासकको दमनले बाध्यताबस शरणार्थी बन्न पुगेका भुटानी शरणार्थीहरुको आवरणमा गैरकानूनी कार्यमा सामेल राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन उपर अनुसन्धाग गरि कानून बमोजिम कारवाहि गर्न माग गर्दछ ।

बोधार्थ :
१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाण्डौ ।
२. केन्द्रिीय अनुसन्धान ब्यूरो, काठमाण्डौं ।
३. गृह सचिव, गृहमन्त्रालय सिंहदरबार, काठमाण्डौं ।
४. नेकपा एकीकृत समाजवादी, मिन भवन, आलोक नगर, काठमाण्डौ
५. नेपाली कांग्रेस वीपी स्मृति भवन, वीपी नगर , ललितपुर
६. नेपाल कम्युनिष्ट पार्टी, ९एमाले० केन्द्रीय कार्यालय च्यासल, ललितपुर
७. नेपाल कम्युनिष्ट पार्टी, ९माओवादी केन्द्र० केन्द्रीय कार्यालय, पेरिस डाँडा, कोटेश्वर, काठमाण्डौं

युवासंघ नेपालले आफनो स्थापनाकाल देखिनै राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, मानवअधिकार, कानूनी शासन लगाएतका विषयमा निरन्तर कार्य गर्दै आइरहेको छ । जुनसुकै आवरणमा हुने अपराध रोक्न युवा संघ नेपाल सदैव क्रियाशिल रहनेछ ।

युवा संघ नेपालको तर्फबाट ज्ञापनपत्र बुझाउने
नितेश पौडेल,
(उपाध्यक्ष)
रोशन थापा
(उप—महासचिव)

फुर्वा लामा
(सचिव)

 

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...