CG Electronics
IME Life
NIMB

लगानीको वातावरण बनाएर निजी क्षेत्रलाई अघि बढाउँछु : नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष श्रेष्ठ

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई समय सापेक्ष हुने गरि नीति परिवर्तन गर्दै लगानीको वातावरण बनाएर अगाडि बढाउने बताएका छन् ।

बिहीबार निर्वाचित भएपछि सञ्चारकर्मीसंग प्रतिक्रिया दिदै उनले तत्काल देखिएको व्याजदर र तरलताको समस्यालाई सम्बोधन गर्न भूमिका खेल्ने बताए ।

‘तत्कालीन समस्या भनेको व्याजदर र लगानीको समस्या हो,यसलाई तत्काल नै समाधान गर्नुपर्ने छ । नत्र व्यवसायीहरु धरापमा पर्छन् । स्वदेशी पूँजी मात्रैले पुग्दैन् विदेशी पूँजी भित्र्याउनु पर्ने छ ।

सरकार र निजी क्षेत्रले पूँजी ल्याउने वातावरण बनाउने र उद्योग व्यवसायका लागि पूर्वाधारको व्यवस्था गर्नुपर्ने आवस्यकता छ ।’ श्रेष्ठले भने ।

उनले आगामी दुई गते बस्ने कार्यसमितिको बैठकमा उद्योगी व्यवसायीको समस्यालाई समाधान गर्ने गरि कार्ययोजना बनाएर छलफल गर्ने बताए ।

बुधवार बरिष्ठ उपाध्यक्ष पदका लागि निर्वाचनमा भएको त्रिपक्षीय प्रतिष्पर्धामा रामचन्द्र संघई पहिलो चरणबाट बाहिरिएपछि अञ्जनलाई अर्का प्रतिष्पर्धी उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पद छोडेका हुन् ।

दोस्रो चरणामा उमेशलालले अञ्जनलाई समर्थन दिएपछि उनी निर्विरोध निर्वाचित भए ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...