CG Electronics
IME Life
NIMB

ओटाकु जात्राको अफिसियल स्मार्टफोन पार्ट्नर रियलमी

NIMB
Himalayan Bank

 

काठमाडौँ । लोकप्रिय स्मार्टफोन ब्रान्ड रियलमीले ओटाकु जात्रामा सहप्रायोजन गरेको छ । ओटाकु जात्रा एनमी, कमिक्स, गेम र पप कल्चर प्रेमीहरुको लागि सबैभन्दा ठुलो फेस्ट हो । यो वर्ष ओटाकु जात्रा यही शुक्रबार नववर्षको दिन (वैशाख १,२०८०) दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा हुँदैछ ।

एनमी, म्याङा र गेमिङमा रुची राख्नेहरुको लागि ओटाकु जात्रा नेपालकै ठुलो सबैभन्दा इभेन्ट हो । विगत केही वर्षदेखि हरेक वर्ष आयोजना भईरहेको यस इभेन्टमा कस्प्ले प्रतियोगिता, गेमिङ टुर्नामेन्ट, वर्कशपको साथ–साथै लोकप्रिय एनमी र म्याङा आर्टिस्टहरुको कला प्रदर्शन पनि हुने गर्दछ ।

ओटाकु जात्राको सह–प्रायोजकको साथ–साथै रियलमी यस इभेन्टको अफिसियल स्मार्टफोन पार्ट्नर हो । यस इभेन्टमा रियलमीले आफ्ना रियल फ्यानहरुको लागि विभिन्न रमाइला गेमिङ कार्यक्रमहरु र अन्य अन्तरक्रियात्मक कार्यक्रमहरु पनि गर्दैछ ।

यस बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड श्री मुनिश गिरीज्युले भन्नुभयो, “ओटाकु जात्रासँग सहकार्य गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ । ओटाकु जात्राले जसरी एनमी र म्याङा कल्चरलाई प्रवद्र्धन र सेलेब्रेट गर्दै आइरहेको छ, यो एकदमै प्रशंसनीय छ ।

रियलमीको उपभोक्ताहरु नै रियलमीको वास्तविक परिचय हुन र यो हाम्रो लागि वहाँहरुसँग अन्तरक्रिया गर्ने र वहाँहरुलाई बुझ्ने सुनौलो अवसर हो । आशा छ यस सहकार्यले हामी र हाम्रो रियल फ्यानहरुसँगको सम्बन्ध अझ नजिक बनाउने अवसर प्रदान गर्नेछ ।”

रियलमीको ओटाकु जात्रासँगको यस सह–प्रायोजनले नेपाली युवा उपभोक्ताहरुसँग विश्वासिलो सम्बन्ध निर्माण गर्ने र नेपाली बजारमा आफ्नो बलियो छप छोड्ने रियलमीको प्रतिवद्धतालाई झल्काउँछ ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...