CG Electronics
IME Life
NIMB

नेपालमा लगानी विस्तारकालागि अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुसंग अर्थमन्त्रीको छलफल

NIMB
Himalayan Bank

 

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतसंग स्विस राजदुत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन ९डिएफआई० का प्रतिनिधिहरुबीच नेपालमा नीजि लगानी विस्तार गर्ने सम्बन्धमा छलफल भयो ।

 

नेपालको विकासमा आवश्यक नीजि पूंजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको छ । प्रक्रृयागत र नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा ६ वटा डिएफआईका प्रतिनिधिहरुले सुझाव प्रस्तुत गरेका थिए । सो क्रममा मन्त्री डा। महतले डिएफआईका प्रतिनिधिहरुबाट प्राप्त सुझावहरु अध्ययन गरी उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

नेपालको लगानी क्षेत्रमा रहेको नीतिगत र नीयमन संयन्त्रकोबारेमा चर्चा गर्दै मन्त्री महतले भन्नुभयो –‘लगानी आकर्षण गर्न नयाँढंगले वर्तमान सरकार लागिरहेको छ र यो क्षेत्रमा धेरै प्रगती पनि हासिल भएको छ, तपाईहरुले दिनुभएका महत्वपूर्ण सुझावका लागि धन्यवाद दिन्छु। ’

सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको सन्दर्भमा अब परम्परागत वैदेशिक सहायताहरु कम गरी विकासकालागि नयाँ औजारहरु लिएर अगाडी बढ्न आजको छलफल सान्दर्भिक रहेको डा। महतले बताउनुभयो ।

छलफलमा डिएफआइका तर्फबाट एडिबी, ब्रिटिसको बिआईआई, अमेरिकाको डिएफसी, नेदरल्याडको एफएमओ, फ्रान्सको प्रोपार्को र स्विसको एसआइएफइएमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

 

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...