CG Electronics
IME Life
NIMB

निर्वाचन आयोगले अगामी १० बैशाअमा हुने उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पुरा

NIMB
Himalayan Bank

 

काठमाडौं । निर्वाचन आयोगले अगामी १० बैशाअमा हुने उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरेको छ । तनुहँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बारा–२, चितवन–२ र तनहुँ –१ तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक पुरा भएको बताए । उनको अनुसार निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी परिचान भइसकेका छन् । निर्वाचन सुरक्षाका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी खटाइएका छन् । सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरीको सुरक्षाकर्मी रहने प्रवन्ध गरिएको छ । उम्मेदवार, निर्वाचन कार्यालय, मतपेटीका र मतदान स्थालको सुरक्षामा भने सशस्त्र प्रहरीको टोली खटाइएका छन् । नेपाली सेनाका सुरक्षाकर्मीलाई भने मतपत्र ढुवानी तथा सुरक्षाको जिम्मा दिइएको छ ।

आयोगका सहायक प्रवक्ता सुवेदीले निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, छाप, मसी लगायतका सामाग्री सम्वन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको बताए । उनले भने,‘निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा भएको छ । सबै निर्वाचन क्षेत्रको सुरक्षा प्रवन्ध कडा पारिएको छ । निर्वाचनका लागि आवश्यक सामाग्री पनि सम्वन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको छ ।’

 

प्रतिनिधिसभामा रिक्त तीन पदका लागि उपनिर्वाचनमा ६९ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये चितवन–२ र बारा–२ मा २÷२ गरी चार उम्मदेवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । त्यसो हुँदा अहिले ६५ उम्मेदवार आपसमा प्रतिष्पर्दा गरिरहेका छन् । आयोगका अनुसार चितवन–२ मा २२, बारा–२ मा ३४ र तनहँु–१ मा ९ उम्मेदवार चुनावी मैदानमा छन् ।

आयोगका सहायक प्रवक्ता अर्यालले निर्वाचन आचार संहिता पूर्ण पालना गराउन सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराइएको बताए । ८ बैशाखबाट मौन अवधि सुरु हुने भएको हुँदा उक्त अवधिमा मत माग्ने र प्रचारप्रसा गर्ने उम्मेदवारलाई आयोगले कारबाही गर्ने उनको भनाई छ ।

उनले भने, ‘आयोगले निर्वाचन आचार संहिता कडाईका साथ कार्यन्वयन गरेको छ । यसका छुट्टै अनुमगन समिति नै गठन भएको छ । समितिले आफ्नो काम तिब्र पारेको छ । अनुमगनमा केन्द्रीय स्तरबाट तीन वटै निर्वाचन क्षेत्रमा टोली खटाइएका छन् । कसैले आचारसंहिता विपरित कार्य गरे काडा कारबाही हुनेछ ।’

निर्वाचन आचार संहिता विपरित कतिपय स्थानमा प्रचार–प्रसार कार्य भएकोले राजनीतिक दलका प्रतिनिधिलाई ध्यानाकर्षण गराएको सहायक प्रवक्ता अर्यालले जनकारी दिए । निर्वाचन लक्षीत सुरक्षा संवेदनशीलतालाई बिशेष ध्यान दिइएको हुँदा निर्वाचनमा सेना परिचालन गनुपर्ने स्थिति नआउनेमा आयोग ढुक्क देखिएको छ ।

सहायक प्रवक्ता अर्यालले भने,‘सेना परिचालन गर्न सक्ने गरि स्वीकृति प्राप्त छ । तर, त्यो तहसम्म जानु नपर्ला । किनभने, हामीलाई स्थानीय तह र प्रहरी प्रशासनबाटै सबै कुराको व्यवस्थापन हुनेछ । निर्वाचन एकदम शान्तीपूर्ण रुपमा सम्पन्न हुनेमा आयोग ढुक्क छ ।’

उप–निर्वाचनमा मतदाता उत्साहित भएकाले जनसहभागिता राम्रो हुने अपेक्षा गरेको आयोगले तीन वटै निर्वाचन क्षेत्रमा साँढे तीन लाख मतदाता रहेकोमा ६५ देखि ७० प्रतिशत सम्म मतदान हुने अपेक्षा गरेको छ ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...