CG Electronics
IME Life
NIMB

मातातीर्थ औंसी : चन्द्रगिरीस्थित मातातीर्थमा सन्तानको भीड, आमाको सम्झनामा दीप प्रज्वलन

NIMB
Himalayan Bank

मातातीर्थ औंसीः चन्द्रगिरीस्थित मातातीर्थमा सन्तानको भीड, आमाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । आज माततीर्थ औंसी । आज देशभर जन्म दिने आमाप्रति श्रद्धा र सम्मान गर्दै भब्यतापूर्व मातृ महिमा गाइदैछ । आमाप्रति भक्तिभाव देखाउँदै छोराहरुले अनेक किसिमको मिष्ठान्न भोजन गराउने चलन छ ।

‘आमाको मुख हेर्ने’ दिनका रुपमा स्थापित यस दिन आमालाई विभिन्न उपाहार दिने चलन पनि छ । यो पर्व प्रत्येक वर्षको बैशाख कृष्ण औंसीका दिन मुलुकभर मनाइन्छ । बिहानै स्नान गर्ने, आमाको दर्शन गर्ने, टीका ग्रहण गरी आर्शीवाद लिने, मिष्ठान्न भोजन गराउने, उपहारलगायत वस्त्रादी दिने कार्य यस दिन गरिन्छ ।

आमा नभएकाहरुले बिभिन्न तीर्थस्थल पुगि दिवंगत आमाप्रति श्रद्धा भाव प्रकट गर्ने गर्छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आजैका दिन ठूलो मेला लाग्ने गर्छ । बिशेषगरी आमा नभएकाहरु मातातीर्थ पुग्ने गर्छन् । र, आमाको सम्झनामा दीप प्रज्वलन गर्ने गर्छन् । मातातीर्थमा आमाको प्रतीक स्वरुप मूर्ति पनि स्थापना गरिएको छ । आमा नभएकाहरुले सोही मूर्तिलाई आमाको प्रतीक मानेर श्रद्धा भाव प्रकट गर्ने गर्छन् ।

मातातीर्थ दर्शन गर्न आएकी अनिता पौडेलले मातातीर्थ आएर दर्शन गर्नाले आमाप्रति प्रकट गरिएको श्रद्धाभाव पूर्ण हुने र अर्पण गरेको फुलप्रसाद पाउनु हुने विश्वास आफुले लिएको बताइन ।

उनले भने, आमा हुनुहुन्न त्यसकारण मातातीर्थ सिदा दान गर्न र दर्शन गर्न आउँछु, यसरी दिएको आमाले पाउनु हुन्छ भनेर दिएको हो, पाउनु हुन्छ कि हुदैँन् त्यो त थाहा छैन् तर राम्रो हुन्छ भनेर आएको हो ।

यस्तै अर्का सन्तान शिव हरि कार्कीले मातातीर्थ आएर दान, श्राद्ध गर्ने हो भने दिवंंगत आमाबाट आर्शीवाद प्राप्ति हुने र त्यसबाट हाम्रो सन्ततिको सुरक्षा हुने विश्वासका साथ मातातीर्थ दर्शनको लागि आएको बताए ।

उनले भने, प्रत्येक वर्ष मातातीर्थ दर्शन गर्न आउने गरेको छु । हाम्रो दुईवटा दृश्य र अदृश्य संसार हुन्छ, पितृहरु अदृश्य संसारमा हुन्छन् । उनीहरुको आत्मा तृप्त गर्नको लागि श्राद्धहरु गर्नुपर्छ । बाचुन्जेल आमाको सेवा गर्ने, मृत्यु भएपछि मातातीर्थ आएर सेवा गर्ने यसबाट हामीले आर्शीर्वाद पाउछौं ।

आजको दिन आमाहरुप्रति सम्मान प्रकट गर्ने दिन भएको हुनाले मातातीर्थ दर्शनको लागि आएको अर्की सन्तान देवकी अर्यालले बताइन ।

आजको दिन आमाको लागि एकदमै राम्रो दिन हो आजको दिन मातातीर्थ आएर गरिएको श्राद्ध र सिदा दान गर्न पनि सकिन्छ ।

मातातीर्थमा आमा भएकाहरु पनि दर्शन गर्न आउने गर्दछन् । मातातीर्थ औंसीको अवसरमा चन्द्रगिरी नगरपालिकाले बिहीवारका लागि सर्वजनिक विदा पनि दिएको छ । मातातीर्थ औसींको अवसरमा ५ लाख बढी सन्तानहरु मातातीर्थ पुग्ने अपेक्षा पनि नगरपालिकाको छ ।

 

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...