प्रभु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब रुपैयाँ खुद नाफा
Thursday Apr 20, 2023
वि.सं.२०८० वैशाख ७ बिहीवार २२:२४
काठमाडौं । प्रभु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब नाफा गरेको हो ।
बैंकले तेस्रो त्रैमासमा २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, यो अवधिमा बैंकको खराब कर्जा ३।५ प्रतिशत रहेको छ भने ८५ प्रतिशत सीडी रेसियो कायम भएको छ ।
प्रभु बैंकले गत पुसमा सेञ्चुरी बैंकलाई गाभेको थियो । एकीकृत कारोबार नहुँदै गत आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभु बैंकले १ अर्ब ७५ करोड नाफा, १ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । सो अवधिमा प्रभु बैंकको एनपीएल १।२१ प्रतिशत र सीडी रेसियो ८२।११ प्रतिशत थियो ।
यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा सेञ्चुरी बैंकमा १ अर्ब १ करोड खुद नाफा गरेको छ भने ९० अर्ब ५२ करोड रुपैयाँ निक्षेप, ८७ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, सेञ्चुरी बैंकको खराब कर्जा १।६० प्रतिशत र सीडी रेसियो ९३।५७ प्रतिशत थियो























