CG Electronics
IME Life
NIMB

एमालेलाई सक्रियहरुको जमातकोे रुपमा रुपान्तरित गर्छाै : महासचिव पोखरेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई सक्रिय जमातको पार्टीका रुपमा रुपान्तरित गर्ने बताएका छन् ।
शुक्रवार नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको मिसन ग्रासरुट अनुभव र सिकाई अन्र्तक्रिया कार्यक्रममा पोखरेलले मिसन ग्रासरुट अभियानको क्रममा आएका प्रतिवेदनको संश्लेषणको आधारमा पार्टी केन्द्रीय कमिटीको आगामी कार्य योजना निर्धारण गरिने समेत बताए ।

उनले केन्द्रीय कमिटीले मिसन ग्रासरुटको समीक्षा गरिसकेपछि तयार गर्ने कार्ययोजनाको जगमा प्रदेशको प्रतिवेदनमा आधारित भएर प्रदेशको कार्ययोजना बनाउने,जिल्ला प्रतिवेदनको निष्कर्षको आधारमा जिल्लाको कार्ययोजना र पालिका प्रतिवेदनको आधारमा पालिकाको कार्ययोजना बनाएर सोहि अनुसार पार्टीलाई सक्रिय र रुपान्तरित गर्दै लैजाने बताए ।

उनले चार वर्ष पछाडि नेकपा एमालेलाई राष्ट्रको बलियोे शक्तिमा स्थापित गर्ने र मुलुकलाई राजनीतिक स्थायीत्व प्रदान गर्न सक्ने हिसावले बहुमतको सरकार बनाउन मिसन ग्रासरुटका प्रतिवेदनलाई जग मानेर अगाडि बढ्ने दावी गरे।
‘हाम्रा पार्टीका सदस्यहरु भित्रको सक्रियता निस्क्रियता सबै मापन गर्छौ र सक्रियहरुको जमातको रुपमा पार्टीलाई रुपान्तरित गछौं ।’ पोखरेलले भने ।

उनले जिल्ला तहबाट नै प्रवृतिगत विश्लेषण गरेर पार्टीलाई सुदृढीकरण गर्दै लैजाने बताएका छन् ।
झपाबाट सुरु गरेको मिसन ग्रासरुट अभियानको दुई महिनापछि शुक्रबार काठमाडौंमा कार्यपत्र प्रस्तुत गरिएको छ ।
दुई महिना लामो ग्रासरुट अभियानको अनुभव र सिकाइबारे नेपाल बुद्धिजीवी परिषद्का उपाध्यक्ष तथा नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठान (नेत्र) का अध्यक्ष विधान आचार्यले कार्यपत्र प्रस्तुत गरे ।

त्यस्तै, अभियानको क्रममा एमाले पार्टीका जनप्रतिनिधिले पार्टीको मर्म र घोषणा पत्र अनुसार काम नगरेकोले पार्टी चुनावमा पछाडि परेको यथार्थलाई पहिलो कारणको रुपमा देखाएको छ ।

जिल्ला स्तरीय संगठनहरुमा देखिएको चर्को अन्तरविरोधका कारण स्थानीय तह र केन्द्रमा भन्दा जिल्लामा पद लोलुपता र लालच बढी रहेकाले त्यसलाई सुधार गर्नुपर्ने भन्दै आलोचनात्मक सुझावको रुपमा कार्यपत्रमा समेटिएको छ । पार्टीमा रहेका विभिन्न जनसंगठनहरुमा युवा वर्गको सदस्यता न्यून रहेकोले त्यसलाई जनसंगठनहरुको सिफारिसमा पार्टीको सदस्यता दिने प्रणालीलाई नियमन गर्दै निरन्तरता दिनुपर्नेमा परिषदले जोड दिएको छ ।

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...