CG Electronics
IME Life
NIMB

रानीमहलको बिच भलिबल बैशाखको अन्तिम साता हुने

NIMB
Himalayan Bank

 

 

काठमाडौं । पाल्पाको रानीमहलमा हुने राष्ट्रिय बिच भलिबल प्रतियोगिता बैशाख २८ गते सुरु हुने भएको छ । सञ्जय मेमोरियल फाउन्डेसनको आयोजना रहने प्रतियोगिता बैशाख २८, २९ र ३० गते सञ्चालन हुने भएको हो ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता बैशाखको अन्तिम साता सञ्चालन हुने जानकारी गराएको हो ।

फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले महिला टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा ब्यस्त भएकाले दोस्रो संस्करणमा पुरुष टिम मात्र सहभागी हुने बताईन् । उनले तेस्रो संस्करणको प्रतियोगितालाई अन्तराष्ट्रिय रुपमा लैजाने गरि तयारी गरेको उल्लेख गरिन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको सहयोग र नेपाल भलिबल संघको स्वीकृत प्रदान गरिएको प्रतियोगितामा सात प्रदेश, तीन विभाग र आयोजक गरि ११ टिमको सहभागीता रहने बताईएको छ । लिग र नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ, उपविजेता टिमले १ लाख रुपैयाँ, तेस्रो हुने टिमले ५० हजार र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिइएको छ ।

 

प्रतियोगितामा सहभागी हुने टिमलाई खाना, बस्ने र यातायात खर्च सहित बीमाको ब्यवस्था आयोजकले गर्ने जनाएको छ ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव दामोदर रेग्मीले बिच भलिबलको आयोजनाबाट नेपालको ऐतिहासिक क्षेत्र रानीमहलको प्रबद्र्धनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । उनले नेपालको बिच भलिबल सहित पर्यटन क्षेत्रको विकासमा आफ्नो सधै सहयोग रहने बताए ।

कलाकार धिरेन शाक्यले बिच भलिबलको आयोजनाबाट पाल्पाको रानीमहल दरबारको प्रवद्र्धनमा सहयोग पुगेको बताए । उनले प्रतियोगिताको निरन्तरताका लागि सरकार र निजी क्षेत्रको सहयोग महत्वपूर्ण रहने उल्लेख गरे ।

 

फाउन्डेसनकी अध्यक्ष मास्केले प्रतियोगिताका लागि करिब ३० लाख रुपैयाँ खर्च लाग्ने बताईन् । उनले रानीमहलको बिच भलिबलमा सरकारले सुरुआत गरेको सहयोगका लागि धन्यवाद दिदै प्रतियोगितालाई सफल बनाउन सबै क्षेत्रको सहयोगको अपेक्षा रहेको बताईन् ।

 

कार्यक्रममा भलिबल संघका उपाध्यक्ष गौतम लासिबा, गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्रचन्द, प्राइमो सेक्युरेटीका सिइओ मेघरान उपाध्याय, तानसेन गुठीका उपाध्यक्ष प्रमी श्रेष्ठ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी सुरेस लिगल, फाउन्डेसनका सल्लाहाकार पदम न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...