CG Electronics
IME Life
NIMB

उद्योगमन्त्री यादवद्वारा मन्त्री यादवले २१ बुँदे प्रगति विवरण सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले मन्त्री यादवले २१ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेकी छिन् ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत मन्त्री यादवले २०७९ माघ २४ देखि २०८० बैशाख ७ गतेसम्म (७३ दिन) मा आफूले गरेका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेकी हुन् ।

मन्त्रालयको कार्यप्रगतिअन्तर्गत प्रदेशका ८ वटै जिल्लाका वन क्षेत्रभित्र विगत वर्षदेखि ढलेर रहेका रुखहरु (काठ÷दाउरा) संकलन गरी सुरक्षित स्थानमा घाटगद्दि निर्माण गरि काठ दाउरा व्यवस्थापनको नीतिगत निर्णय गरिएको जिकिर गरेकी छिन् ।

त्यस्तै प्रदेशमा औद्योगिकीकरणको प्रक्रियालाई गतिशील र सुदृढ गर्दै परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गरिएको उनको भनाई छ ।

व्यवसायिक जनशक्ति उत्पादन तथा रोजगारीका अवसरहरु सिर्जना गरी देशको आर्थिक विकासमा योगदान पुर्याउन नयाँ स्थापना भएको उद्योग विभाग, वीरगञ्जको कार्यविधि–२०७९ स्वीकृत गरी कार्य सञ्चालन सुचारु गराएको उनले जानकारी दिइन् ।

प्रदेश वन ऐन, २०७७ को दफा ९४ अनुसार प्रदेश सरकारले सर्वसाधारण जनताको हितलाई ध्यानमा राखी सहज सरल रुपमा काठ दाउरा आपूर्तिरबिक्री वितरण गर्न प्रदेशका ८ वटै जिल्लामा जिल्ला वन पैदावार आपूर्ति समितिका २४ जना पदाधिकारी मनोनयन गरी कार्य सञ्चालन गराएको मन्त्री यादवको भनाई छ ।

उनले वातावरण संरक्षण ऐन २०७६ तथा वातावरण संरक्षण नियमावली २०७७ अनुसार उद्योग क्षेत्रसँग सम्बन्धित संक्षिप्त वातावरणीय अध्ययन र प्रारम्भिक वातावरणीय परिक्षण कार्यसूची तथा संक्षिप्त वातावरणीय अध्ययन र प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनको स्वीकृत गर्नेसम्मको अधिकार उद्योग विभाग, वीरगञ्जका महानिर्देशकलाई प्रत्यायोजन गरी कार्य सञ्चालन गराएको दाबी गरिन् ।

त्यस्तै मिथिला माध्यमिकी परिक्रमाको मटिहानी पडावस्थलमा धर्मशाला निर्माण कार्यको शिलान्यास र पर्यटकीय गन्तव्यस्थलको रुपमा रहेका कारिकबाबामा पोखरी सौन्दर्यीकरण तथा स्तरोन्नति, पोखरीको डिलमा चारैतिर रेलिङ्ग, लाईट, गोलघर निमार्ण कार्यको शिलान्यास गरी कार्य सुरुवात गराएको उनको भनाई छ ।

पर्यटन विधेयक–२०७९ तयार गरी राय सुझाव÷छलफलको क्रममा रहेको र प्रदेश वन नियमावली–२०७९ उपर पुनः समिक्षा गरी त्यो पनि स्वीकृतीको अन्तिम चरणमा रहेको उनले जानकारी दिइन् ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...