बीमक दर्ता तथा बीमा व्यवसाय सम्बन्धी निर्देशिका २०८० जारी
Monday Apr 24, 2023
वि.सं.२०८० वैशाख ११ सोमवार २२:१७
काठमाडौं । बीमक दर्ता तथा बीमा व्यवसाय सम्बन्धी निर्देशिका , २०८० जारी भएको छ। नेपाल बीमा प्राधिकरणले बीमक दर्ता तथा बमिा व्यवसाय संचालन सम्बन्धी निर्देशिका दोस्रोपटक संसोधन गरेहेको हो ।
बीमा प्राधिकरणले बीमा ऐन २०७९० को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशनहरु जारी गरेको जनाएको छ ।
यो निर्देशिका प्राधिकरणले तुरुन्त पारम्भ गर्ने भएको छ। बीमक दर्ता तथा बीमा व्यवसाय संचालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ७ मा संशोधनः बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ७ को उपदफा (१) पछि देहायको उपदफा (१क) थप गरेको छ।
“(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मिति २०७९ साल चैत्र मसान्तभित्र दफा ४ बमोजिमको चुक्ता पूँजी कायम गर्न नसक्ने बीमकले मनासिव कारण सहित निवेदन दिएमा प्राधिकरणले यस निर्देशिका बमोजिमको चुक्ता पूँजी मिति २०८० साल असार मसान्तभित्र कायम गर्ने गरी म्याद थप गर्न सक्नेछ ।” संसोधित निर्देशिकामा उल्लेख छ ।




























