CG Electronics
IME Life
Ncell NPL

नेको इन्स्योरेन्सद्वारा चैत मसान्तसम्ममा १ अर्ब २७ करोड बढी रुपैयाँ दावी भुक्तानी

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

 

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९।८० को चैत मसान्तसम्ममा १ अर्ब २७ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । चैत मसान्तसम्ममा करिब ७० प्रतिशत दावी भुक्तानी गर्न कम्पनी सफल भएको हो ।

कम्पनीले विगत २७ वर्ष देखि गुणस्तरीय सेवा पुयाउँदै आएको विदितै छ । छिटो छरितो दाबी भुक्तानी नै कम्पनीको व्यवसाय तथा साख वृद्धिको मुल मन्त्र मान्दै आएको यस कम्पनीले दाबी भुक्तानीमा अपनाएको गुणस्तरीय सेवाले आफ्ना ग्राहकको मन जितेको कम्पनीले जनाएको छ ।

निरन्तर कम्पनीको व्यवसायको आकार बढ्नु ग्राहक सन्तुष्टिको प्रमाणको रुपमा लिएको जनाएको छ । छिटो छरितो दाबी भुक्तानी होस भनेर विगत ५ वर्ष देखि कम्पनीले (ठाउँको ठाउँ भुक्तानी) मार्फत दाबी भुक्तानी गर्दै आएको छ र उक्त प्रकृयालाई अझै परिस्कृत गरिदै लगिने कुरामा हामी ग्राहक महानुभाव, नियामक निकाय, शेयरधनी तथा सम्बन्धीत सबैलाई विश्वास दिलाउन कम्पनीले चाहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९८० को प्रारम्भमा ३९७३ दाबीहरु तिर्न बाँकी थिए । यस आर्थिक वर्षको चैत्र मसान्त सम्म थपिएको दाबी सहित कम्पनीले चैत्र मसान्त सम्म करीब ७०% दाबी भुक्तानी गरिसकेको छ । कम्पनीबाट भुक्तानी भएका दाबीहरु मध्ये कृषिसँग सम्बन्धीत मात्रै २,२३० दाबीको कुल १० करोड २ लाख रुपैयाँ भन्दा बढीको दाबी रकम भुक्तानी गरिएको छ ।

आर्थिक वर्षको अन्तसम्ममा थप दाबी भुक्तानी भई भुक्तानी हुन बाँकी दाबीको संख्यालाई घटाउने जानकारी गराएको छ । दाबी परेका र कागजात पुरा भएका दाबीहरुको यथाशीघ्र भुक्तानी दिने निति यस कम्पनीले लिएकोले सम्पूर्ण दाबीकर्ता बीमितहरुलाई यथासक्य छिटो कागजात पेश गरी दाबी भुक्तानी लिनुहुन हार्दिक अनुरोध गरेको छ । समयमा दाबी तिर्नुपर्छ भन्ने कुरामा कम्पनी सचेत रहेको छ ।

 

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो: ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो: ११६ वर्षको...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:४०

काठमाडौँ, १० बैशाख २०८३ (बिहीबार): नयाँ वर्षको सुरुवातसँगै बढ्दो सुख्खायाम...

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचारमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचारमा...

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:३७

  काठमाडौं। एन आई सी एशिया बैंक का ग्राहकहरूले अब...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब ५८ करोडको कुल बीमाशुल्क आर्जन

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:२४

  काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चैत...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट सुविधा

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४३

  काठमाडौं । NIC Asia Bank Limited र Everest Hospital...