CG Electronics
IME Life
NIMB

नेताले करोडाैँ कृषि अनुदान कुम्ल्याएको नुवाकोटका किसान अनुदान माग्दै अनशनमा

NIMB
Himalayan Bank

काठमाडौँ । नेताहरूले नै करोडौँ रूपैयाँ अनुदान कुम्याउने नुवाकोट जिल्लाका एक किसान व्यवसायका लागि लिएको ऋण तिर्न कठिन हुने देखेपछि कृषिमा अनुदान दिनुपर्ने लगायतका केही माग राखेर न्यूरोडमा आमरण अनशनमा बसेका छन ।

 

नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर २ सिउडेनीका श्रीराम घिमिरे किसानले सस्तो व्याजमा ऋण पाउनुपर्ने र अनुदान पाउनुपर्ने लगायतका माग राखेर न्यूरोडको भूगोलपार्कको चौरमा अनशनमा बसेका हुन ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कृषि अनुदानकै लागि नुवाकोटमा बाख्रा फारम बनाएको देखि एमाले, माओवादी र कांग्रेसका नेताहरूले किसानलाई राहत दिने सरलीकरण गर्ने नाममा करिब १ अर्ब अनुदान झ्वाम पारिसकेका छन ।

कुखुरा तथा कालिज फार्म सञ्चालन गर्न लिएको ऋणले समस्यामा परेपछि श्रीराम अनशनमा बसेको उनी निकाटकाहरूले बताएका छन । यद्यपी श्रीरामले भने कृषकलाई अनुदान दिन, बैँकको ब्याजदर २ प्रतिशत गर्न, कृषि मल, बिऊ र औजार अनुदान दिन, कृषिमा १० प्रतिशत विनियोजन गर्न, कृषक कार्ड लागु गर्न, किसानलाई यातायात भाडामा ५० प्रतिशत छुट दिन माग राखेर सबैका लागि अनशन बसेको बताएका छन ।

शनिबार श्रीरामको अनशनप्रति ऐक्यबद्धता जनाउँदै नुवाकोटका राजनीतिक नेता र सामाजिक कार्यकर्ताले उचित सम्बोधनका लागि नेपाल सरकारसँग माग गरेका छन् । नुवाकोटका पूर्व सांसद् एवं नेकपा (एमाले) बागमी प्रदेश कमिटी सदस्य नारायण खतिवडाले पीडितको माग सम्बन्धोन गर्नुपर्ने र सर्वप्रथम सरकारले जीवन रक्षाका लागि पहल गर्नुपर्ने बताए ।

यस्तै समृद्ध नुवाकोट अभियानका महासचिव माधवप्रसाद तिवारीले सरकारले किसानका नाममा बाँड्ने अर्बौ रकम सदुपयोग भएको छ कि छैन भनेर तत्कालै एक उच्चस्तरीय छावनिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताए । उनले वास्तविक किसानहरू चाहिँ आमरण अनशन बस्नुपर्ने र पहुँचवाला नेताहरूले तीनै किसानको नाममा करोडौँ अनुदान कुम्ल्याउने प्रवृतिको अन्त्य हुनुपर्ने बताए ।

अनशसन स्थलमा पुगेका नेकपा एमाले नुवाकोटका उपसचिव निलकण्ठ आचार्यले घिमिरेको जीवनरक्षा पहिलो शर्त भएको बताए । उनले कृषिमन्त्रीको ध्यानाकर्षण गराउन खोज्दा सम्पर्कमा आउन नचाहेको र संम्बधित क्षेत्रका प्रतिनिधिसभा सदस्यको पनि ध्यानाकर्षण गराएको बताए ।

यस्तै आत्मनिर्भर नेपाल निर्माण अभियानका मुख्य किसान जनस्वयंसेवक नारायणप्रसाद धिमालले राजनीतिका कारण सबै बिग्रिएको भन्दै घिमिरेको जीवनरक्षाका लागि पहल गरिदिन सबैसँग अनुरोध गरे ।  मागका सम्बन्धमा कृषि मन्त्रालय र किसान आयोगले चासो लिएको भए पनि ठोस पहल नभएको घिमिरेले बताएका छन ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...