प्रधानमन्त्री दाहालले नवनिर्वाचित सांसद लामिछानेलाई दिए बधाई
Sunday Apr 30, 2023
वि.सं.२०८० वैशाख १७ आइतवार १३:२४
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य रवि लामिछानेलाई बधाई दिएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई बधाई दिएका हुन् । लामिछानेले दाहाललाई भेट्न आइतवार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।
भेटका क्रममा रास्वपालाई सरकारमा सहभागि गराउने तथा सरकारलाई दिएको समर्थनका बिषयमा छलफल भएको छ । उपयुक्त मन्त्रालय पाउने र पार्टीले उठाएका एजेण्डा सरकारको न्यूनतम कार्याक्रममा समावेश भए रास्वपा सरकारमा मुडमा छ ।
गत १० बैशाखमा भएको उपनिर्वाचनमा चितवन २ बाट लामिछाने प्रतिनिधि सदस्यमा निर्वाचित भएका थिए ।
























