नक्कली भुटानी शरणार्थी प्रकरण : काँग्रेस पदाधिकारी बैठक बस्दै, खाण निलम्वन हुनसक्ने
Thursday May 11, 2023
वि.सं.२०८० वैशाख २८ बिहीवार १३:१९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पार्टीबाट निलम्वन गर्ने÷नगर्ने बिषय टुंगो लगाउन आज(बिहीवार) नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दैछ ।
बैठक पार्टी पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा दिउँसो २ बजे बस्दैछ । खाण पक्राउ परेपछि काँग्रेसको पदाधिकारी बैठक बुधवार पनि बसेको थियो । तर, बैठकले खाणलाई निलम्वन गरेन । अनुसन्धान जारी भएको र निश्कर्षमा पुगि नसकेको हुँदा खाण विरुद्ध कुनै निर्णय नभएको हो ।
खाण बुधवार बिहान बौद्धको कुमारीगालस्थित ‘फ्लाट’बाट पक्राउ परेका थिए । उनी विरुद्ध जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थप गरेको छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ ।




























