CG Electronics
IME Life
Ncell NPL

खेल पूर्वाधारका लागि राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउने अभियानलाई मूर्त रुप दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता भएको छ ।

विभिन्न खेलका पूर्वाधार निर्माण गर्ने, खेलकुदका विविध गतिविधि आपसी सहयोगमा गर्ने, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग आदान–प्रदान गर्ने विषयमा राखेप र नगरपालिकाबाीच बिहीबार द्विपक्षीय सम्झौता भएको हो । राखेपका तर्फबाट सदस्य–सचिव टंकलाल घिसिङ र कागेश्वरी मनोहरा नगरपालिकाका तर्फबाट मेयर उपेन्द्र कार्कीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यसैगरी, कागेश्वरी मनोहरा नगरपालिकाले रग्बी, भलिबल र बक्सिङको पूर्वाधार निर्माणका लागि उक्त खेलका राष्ट्रिय संघसंग जग्गा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नगरपालिकाले रग्बीका लागि वडा ७ स्थित सोमतीर्थमा १०८ रोपनी १२ आना ३ पैसा ३ दाम जग्गा उपलब्ध गराउने भएको छ । भलिबललाई वडा ६ स्थित तिवारी टोलमा ६३ रोपनी ८ आना जग्गा प्रदान गर्ने छ । बक्सिङका लागि वडा ६ स्थित अधिकारी टोलमा ८६ रोपनी ५ आना १ दाम जग्गा उपलब्ध गराउने सहमती भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले पूर्वाधार निर्माणका लागि सम्बन्धित संघले आफ्नो अन्तर्राष्ट्रिय महासंघसंग पनि समन्वय गरी श्रोत जुटाउन पहल गर्नु पर्नेमा जोड दिए । उनले पूर्वाधार निर्माण गर्दा बिजुली, पानी, सडक आदिमा पनि ध्यान दिन आवश्यक रहेको बताए ।

मेयर कार्कीले नगरपालिकाको प्रस्तावलाई सहर्ष स्वीकार गरेकोमा सदस्य–सचिवलाई धन्यवाद दिदै कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउने योजना अनुरुप नगरपालिकामा भएका जग्गालाई अधिकतम खेलकुदका लागि प्रयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले खेलकुदको माध्यमबाट चिनाउन नगरपालिकालाई खेलकुद नगरीका रुपमा विकास गर्ने योजना रहेको बताउदै सम्झौता ऐतिहासिक भएको उल्लेख गरे ।

 

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...