आज देखि थप तीन वटा बिजुलीका बस सञ्चालन हुुँदै
Monday May 15, 2023
वि.सं.२०८० जेठ १ सोमवार १५:५५
काठमाडौं । साझा यातायातले आजदेखि थप तीन वटा बिजुलीका बस सञ्चालन गर्ने भएको छ ।
दिउँसो साढे २ बजे ललितपुरको पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटीका लागि बस छुट्ने साझा यातायातले जनाएको छ ।
बसको शुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्दै छन् ।
साझाले ल्याएको ४० वटा बसमध्ये अहिलेसम्म तीन वटा बस सञ्चालन भइसकेको छ भने तीन वटा आजदेखि सञ्चालन हुुँदै छन् । बसमा अपाङ्गता भएकाहरु चढ्न मिल्ने ¥याम्पसहितको सुविधा पनि छ ।




























