CG Electronics
IME Life
Ncell NPL

सयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि सङ्गठनको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क सार्वजनिक

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालको समग्र कृषि तथा वन क्षेत्रको रुपान्तरणमा सयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि सङ्गठनले संचालन गर्ने कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क २०२३—२०२७ सार्वजनिक गरिएको छ ।

काठमाडौंमा एक कार्यक्रमका बीच सन् २०२३ देखि २०२७ सम्मको रणनीतिक कार्यक्रम समावेश भएको सो फ्रेमवर्क कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिन बहादुर श्रेष्ठ, सयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि सङ्गठन एफ ए ओ का एशिया प्रशान्त क्षेत्रका प्रमुख जोङ्ग जिन किम र संयुक्त राष्ट्र संघीय आवसिय प्रतिनिधि हाना सिंगर ह्याम्डीले संयुक्त रुपमा सो फ्रेम वर्क सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुषालले, नेपालको कृषि क्षेत्रको विकासमा एफएओ नेपालको साथको प्रशंसागर्दै दिगो विकासका लक्ष्य प्राप्त गर्न यो फ्रेमवर्कले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

एफएओ नेपालसंगको करिव ७ दशक भन्दा लामो सहयोग र सहकार्यको प्रशंसा गर्दै उनले यो फ्रेमवर्क नेपाल सरकार र एफएओको साझा दस्तावेज भएको बताए ।

यसले नेपालको कृषि क्षेत्र तथा वन क्षेत्रको दीगो विकास, खाद्य तथा पोषण सुरक्षा कायम गर्ने साथै दीगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिन बहादुर श्रेष्ठले यो कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क सिपिएफले नेपालको खाद्य प्रणाली रुपान्तरण, भोकमरी तथा गरिबी विरुद्धको राष्ट्रिय अभियानमा सहयोग गर्न तथा जलवायु परिवर्तनसँग जुध्न विशेष भूमिका रहने बताए ।

एफएओका एशिया प्रशान्त क्षेत्रका प्रमुख जोङ्ग जिन किमले नेपाल सरकारले तय गरेका नीति तथा प्राथमिकतालाई एफएओको म्यान्डेट अनुसार सहयोग गर्न तत्पर रहेको बताए ।

एफएओले उत्पादनमा वृद्धि, पोषणमा सुधार, वातावरणमा सुधार, संवृद्ध जीवनयापनको रणनीतिक ढाँचा अनुसार आफ्ना सदस्य राष्ट्रहरुमा कार्यक्रम तथा क्रियाकलाप संचालनमा ल्याएको उनको भनाई छ ।

उनले यस्ता अभ्यासले समावेशी विकास मात्र नभई सबै नागरिकका लागि खाद्य सुरक्षाको प्रत्याभूति हुनेमा जोड दिए । किमले कुपोषण र अन्य खाद्य सुरक्षा चुनौतिहरू सम्बन्धी मुद्दाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न देशको खाद्य प्रणालीलाई रूपान्तरण गर्न आवश्यक रहेको बताए ।

संयुक्त राष्ट्र संघीय आवसिय प्रतिनिधि हाना सिंगर ह्याम्डीले नेपालमा युवा तथा पुरुष वैदेशिक रोजगारीका निम्ति आफ्नो थातथलो छोड्ने क्रमले कृषिमा महिलाको जिम्मेवारी बढेको सन्दर्भमा यस फ्रेमवर्कले महिला मैत्री प्रविधिको विकास र प्रवद्र्धनमा तथा महिला सशक्तिकरणमा विशेष ध्यान दिएको भन्दै खुसी व्यक्त गरिन । अतिकम विकसित मुलुकबाट सन् २०२६ सम्म विकासउन्मुख राष्ट्रमा स्तरोनत्ती हुने प्रक्रियामा संयुक्त राष्ट्रसंघको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता उनले जनाइन् ।

ऋयगलतचथ एचयनचबmmष्लन ँचबmभधयचप द्दण्द्दघ(द्दण्द्दठ सार्वजनिक कार्यक्रममा राजदुत, विकास साझेदारी निकायका प्रतिनिधि सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, कृषि व्यवसायी, उद्यमी, विकास साझेदारहरुको सहभागि थिए ।

 

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...