CG Electronics
IME Life
Ncell NPL

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहास खोजी हाम्रो अभियान” भन्ने नारालाई सार्थकता बनाउन विश्वभर छरिएर रहेका तामाङ जातिभित्रको ग्लानहरुको पुर्ख्यौली भूमि नुवाकोट गोल्फु नम्सापुरानमा विशेष कार्यक्रम हुने भएको छ।

आउदो १८ गते ग्लानहरूको उद्गम थलो दुप्चेश्वर गाउँपालिका वडा नं. ४ स्थित गोल्फु नम्सापुरानमा निर्माण सम्पन्न भएको सांस्कृतिक भवन ‘ग्लान ङारदीम’ को उद्घाटन तथा ग्लान समाज नेपालको प्रथम राष्ट्रिय सम्मेलन हुन लागेको हो।

ग्लानको ऐतिहासिक पहिचान र पुर्ख्यौली थातथलो (बाब्सा) लाई जोगाउने उद्देश्यले निर्माण गरिएको ‘ग्लान ङारदीम’ संग्राहलयको रुपमा अघि बढाउने भएको छ ।

ङारदीम निर्माणका लागि तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले संघीय सरकारको बजेट विनियोजन गरिएको थियो । ङारदीमलाई संघीय सरकारबाट ९० लाख र दुप्चेश्वर गाउँपालिकाबाट ९ लाख गरी निर्माण सम्पन्न भएको हो ।

आयोजक समितिका संयोजक अर्जुनबहादुर तामाङका अनुसार सम्मेलनले विश्वभर छरिएर रहेका ग्लानहरूलाई एउटै सूत्रमा बाँध्न र आफ्नो पुर्ख्यौली थलोको संरक्षण संवर्द्वन गर्दै सांस्कृतिक धरोहरको पहिचानलाई थप सुदृढ बनाउने उद्देश्य रहेको छ ।

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३९

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी काठमाडौं...