CG Electronics
IME Life
Ncell NPL

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । दुवईस्थित राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी)का उत्पादनहरू आधिकारिक रुपमा नेपाली बजारमा भित्र्याइएको छ ।
कम्पनीले मंगलबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै आफ्ना उत्पादनहरु नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कार्यक्रममार्फत कम्पनीले नेपालमा आफ्नो आधिकारिक राष्ट्रिय आयातकर्ता वा पहुँचकर्ता नेपालमार्फत बजार प्रवेश गरेको घोषणा गरेको हो ।
राफेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विवेक सुवेदीका अनुसार राफेका उत्पादन देशभर वितरण सुरु गरिएको र ग्राहकको विश्वासलाई प्राथमिकतामा राखिने बताए ।

कम्पनीले नेपाली उपभोक्ताका लागि एक वर्षसम्म ‘नो क्वेश्चन आस्क्ड’ रिप्लेसमेन्ट ग्यारेन्टी दिने घोषणा समेत गरेको छ । यसअन्तर्गत उत्पादनमा कुनै समस्या आएमा झन्झटबिना सिधै प्रतिस्थापन सुविधा उपलब्ध गराइने बताइएको छ ।

कार्यक्रममा ब्रान्ड परिचय, नयाँ प्रोडक्टहरूको लन्च, लाइभ म्युजिक, प्रोडक्ट डिस्प्ले तथा प्रोडक्ट रिभ्यु सेसन आयोजना गरिएको थियो । साथै सहभागीहरूका लागि २५ हजार रुपैयाँ बराबरको मेगा गिभअवे पनि राखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाली क्रिकेटर आदिल अन्सारी उपस्थित रहेका थिए भने विशेष अतिथिका रूपमा विजय शरिनाको सहभागिता थियो।
कार्यक्रममा उत्पादन लन्च मात्र नभई दृष्टिकोण, जोश र उद्देश्यले निर्माण गरिएको यात्राको सुरुवात भएको जानकारी गराइयो ।

छोटो समयमै राफेले युएईमा आफ्नो बलियो पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्दै २,५०० भन्दा बढी सक्रिय खुद्रा बिक्रेताहरू र पाँच लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरूको विश्वास जित्न सफल भएको जानकारी गराइयो ।

करिब चार वर्षअघि संयुक्त अरब इमिरेट्समा स्थापना भएको राफे इन्टरनेशनल ट्रेडिंग (एलएलसी)ले छोटो अवधिमै गुणस्तर, नवीनता र ग्राहकसँगको सुदृढ सम्बन्धका कारण बजारमा विश्वासिलो नाम बनाउन सफल भएको कम्पनीले जनाएको छ ।

हालसम्म राफेले १,५०० भन्दा बढी सक्रिय ग्राहकहरूलाई सेवा प्रदान गर्दै दुई लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरूको भरोसा जितेको दाबी गरेको छ।
नेपालमा अब राफेका उत्पादनहरू पहुँचकर्ता नेपालमार्फत राष्ट्रिय रूपमा उपलब्ध हुनेछन्, जसले देशभर वितरण तथा सेवा सुनिश्चित गर्नेछ ।

कम्पनीका अनुसार राफेका सम्पूर्ण प्रोडक्टहरू प्रिमियम गुणस्तरका हुनेछन् । नेपालमा राफेको प्रवेशसँगै कम्पनीले यहाँका ग्राहकहरूलाई उच्च गुणस्तरका प्रोडक्ट, नवीन प्रविधि तथा अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा विभिन्न व्यवसायी, ग्याजेट तथा रिटेल क्षेत्रमा आबद्ध व्यक्तिहरू, मिडिया प्रतिनिधि तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
राफे दुबईस्थित एक अन्तर्राष्ट्रिय ट्रेडिङ कम्पनी तथा ब्रान्ड हो । जसले विशेषगरी प्रिमियम गुणस्तरका ग्याजेट एक्सेसोरिज, टेक प्रोडक्टहरू र रिटेल बजारका विभिन्न उपभोक्ता सामग्रीहरू उपलब्ध गराउने काम गर्छ ।

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...