CG Electronics
IME Life
Ncell NPL

नाडा र वाणिज्य विभागबीच अधिकतम मूल्य स्टिकरबारे छलफल

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं, बैशाख ८ — नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपाल का प्रतिनिधिहरूले आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग का महानिर्देशक रोशन ज्ञवालीसँग अटोमोबाइल वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (MRP) सहितको स्टिकर अनिवार्य टाँस्ने विषयमा विस्तृत छलफल गरेका छन्।

विभागले चैत ३० गते जारी गरेको प्रेस विज्ञप्तिपछि उत्पन्न चासोका बीच भएको छलफलमा नाडाले उक्त व्यवस्थालाई उपभोक्ता हित र पारदर्शिताका लागि सकारात्मक कदम भन्दै स्वागत गरेको छ। साथै, सबै आयातित वस्तुमा अनिवार्य MRP उल्लेख गर्नुपर्ने र बिक्री गर्दा बिल जारी गर्नुपर्ने व्यवस्थालाई पनि नाडाले समर्थन जनाएको छ।

यद्यपि, नाडाले कार्यान्वयनका क्रममा देखिन सक्ने व्यवहारिक समस्या औंल्याउँदै पुरानो स्टकको व्यवस्थापन, भन्सार विन्दुमै स्टिकर टाँस्ने प्रक्रिया कत्तिको सम्भव हुने जस्ता विषयमा स्पष्टता माग गरेको छ। यसका लागि नाडाले विभागसमक्ष लिखित रूपमा सुझाव समेत पेश गरेको जनाएको छ।

छलफलका क्रममा महानिर्देशक ज्ञवालीले उपभोक्ता संरक्षण ऐनअनुसार नै यो व्यवस्था लागू गरिएको र सरकारको १०० बुँदे योजनामा पनि यसलाई प्राथमिकता दिइएको बताए। उनले कार्यान्वयनमा आउने समस्या समाधान गर्न विभाग तयार रहेको जनाउँदै व्यवसायीहरूको समेत प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे।

उनले उद्योगी र आयातकर्तालाई लक्षित गर्दै मूल्य सूचिसहितको स्टिकर टाँस्ने विषयमा विभाग कडाइका साथ अघि बढ्ने स्पष्ट पारे। साथै, आवश्यक परे कानुन सुधारका लागि नाडाबाट सुझाव आउनुपर्ने पनि उनले बताए।

उक्त भेटघाटमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल लगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो।

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेड’

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:२९

  काठमाडौं । बीवाईडीले बेइजिङ अटो शोमा आफ्नो अत्याधुनिक सुपरकार...

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार सार्वजनिक गरिने

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २२:४८

काठमाडौं । नेपाली अटो बजारमा नयाँ विद्युतीय एसयूभी थपिने भएको...

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन...

वि.सं.२०८३ वैशाख २३ बुधवार २१:४५

  काठमाडौँ, नेपाल - ५ मे, २०२६ - डोंगफेङ मोटरले...

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी कारोबार, ३२१ सवारी बुकिङ

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:४३

  काठमाडौं। चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स र लेबरमा आकर्षक छुट

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:३७

  काठमाडौं। CFMOTO का नेपालका आधिकारिक वितरक Rishi Trade Center...

बुढानीलकण्ठमा यामाहा नेपालको १०३औँ शोरूम उद्घाटन: ३एस (3S) सुविधासहित सेवा उपलब्ध

बुढानीलकण्ठमा यामाहा नेपालको १०३औँ शोरूम उद्घाटन: ३एस...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:२१

  काठमाडौं। यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S...