CG Electronics
IME Life
NIMB

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी कारोबार, ३२१ सवारी बुकिङ

NIMB
Himalayan Bank

 

काठमाडौं। चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । चितवन अटो–शो २०२६ चितवन अटो मोबाइल डिलर्स एसोसिएसन र चितवन अटो मोबाइल एसोसिएसनको संयुक्त आयोजनामा चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा वैशाख १७ गतेदेखि सुरु भएको मेला पाँच दिनपछि सोमबार समापन गरिएको हो ।

आयोजकका अनुसार अटो–शो अवधिभर एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मेलामा कुल ३२१ सवारी साधन बुकिङ एवं बिक्री भएका छन्, जसमा ११४ मोटरसाइकल, १४८ कार र ५९ भ्यान रहेका छन् ।

पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा १२ हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहेको थियो । करिब ३० कम्पनीका ७० भन्दा बढी स्टलमार्फत कार, जिप, मोटरसाइकल, स्कुटरलगायत विभिन्न सवारी साधन प्रदर्शनमा राखिएका थिए।

 

माइक्रो बस र भ्यानका लागि छुट्टै स्टलको व्यवस्था गरिएको थियो भने प्रदर्शनी हल बाहिर थप टेन्टमार्फत पनि स्टल विस्तार गरिएको थियो ।

शो अवधिभर ग्राहकहरूलाई अन द स्पट फाइनान्स तथा बिमा सेवा उपलब्ध गराइएको थियो । साथै, विभिन्न कम्पनीहरूले सवारी खरिदकर्ताका लागि विशेष छुट तथा आकर्षक योजनाहरू राखेका थिए।

मेलामा सवारी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत तीन जनालाई विशेष उपहार समेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

For more: Chitwan Auto Show 2083

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा ल्यान्ड क्रुजरको दबदबा

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा...

वि.सं.२०८३ असार १८ बिहीवार २३:१५

  काठमाडौं। नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...

फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ शोरुम सञ्चालन गर्दै पश्चिम नेपालमा उपस्थिति विस्तार गर्‍यो

फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ शोरुम सञ्चालन...

वि.सं.२०८३ असार १६ मंगलवार १८:४८

  बुटवल, असार १५ – फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ...