CG Electronics
IME Life
Ncell NPL

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रका अनुभवी विज्ञ चिरञ्जीवी अधिकारीलाई डिजी समूहअन्तर्गतको टेकपाइला इनोभेसनमा एसोसिएट डाईरेक्टरको जिम्मेवारी दिइएको छ। करिब साढे दुई दशकदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सक्रिय अधिकारीको नियुक्तिलाई नेपालको डिजिटल भविष्यसँग प्रत्यक्ष जोडिएको सकारात्मक र आशालाग्दो कदमका रूपमा हेरिएको छ।

हाल क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा सूचना प्रविधि नीति संयोजकको भूमिकामा रहेका अधिकारीले यसअघि पनि नेपाल सरकारका विभिन्न निकायसँग सहकार्य गर्दै साइबर सुरक्षा तथा प्रविधि विकासमा योगदान पु¥याइसकेका छन् । अब टेकपाइलामा उनको नेतृत्वमा कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षालाई केन्द्रमा राख्दै नयाँ सोच, नयाँ गति र नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ।

अधिकारीले नेपाललाई छिमेकी मुलुक भारत र चीनसँग डिजिटल सहकार्यको माध्यमबाट ‘डिजिटल पुल’का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अघि सारेका छन् । उनका अनुसार, प्रमाणपत्रमा मात्र सीमित नभई सीपमा आधारित दक्ष जनशक्ति उत्पादन गर्ने ‘सीप–पहिलो’ अवधारणा नै अबको आवश्यकता हो, जसले नेपाली युवालाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउनेछ ।

टेकपाइला इनोभेसनका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले अधिकारीको आगमनले संस्थालाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । उनले प्रविधि क्षेत्रमा अनुभवी नेतृत्व भित्र्याउन पाउनु संस्थाका लागि गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा नवप्रवर्तन र डिजिटल रूपान्तरणमा टेकपाइला अझ सशक्त बन्ने बताएका छन्।

यसैगरी, डिजी समूहका अध्यक्ष विज्ञान श्रेष्ठले सूचना प्रविधि क्षेत्रका अनुभवी विज्ञलाई संस्थामा जोड्न पाउनु भविष्यका लागि अत्यन्त सकारात्मक संकेत भएको बताए। उनका अनुसार, यस्तो नेतृत्वले संस्थाको गति मात्र होइन, समग्र सूचना प्रविधि क्षेत्रमा संस्थाको पहिचानलाई अझ उच्च बनाउने विश्वास ब्यक्त गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...