CG Electronics
IME Life
NIMB

काठमाडौँमा ‘गीता मैत्री मिलन २०८३’ भव्य रुपमा सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौँ । विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन, साधना र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा यहि मिति २०८३ बैशाख २७ गते (१० मई २०२६) आइतबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल काठमाडौँमा आयोजना गरेको “गीता मैत्री मिलन कार्यक्रम २०८३” झण्डै २००० भन्दा बढीको प्रत्यक्ष सहभागीता एवं देश विदेशमा रहनु भएका लाखौँ लाख साधक, सेवीहरूको अप्रत्यक्ष सहभागीतामा “गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ” भन्ने मूल नारासहित कमलादी गणेशस्थानबाट शोभायात्रा भई प्रज्ञा भवन पुगेर भव्य एवं ऐतिहासिक रुपमा सुसम्पन्न भएको छ।

 

गीता परिवारका संस्थापक, श्रीरामजन्मभूमि तीर्थक्षेत्र न्यास अयोध्याका कोषाध्यक्ष परमपूज्य स्वामी गोविन्ददेवगिरि जी महाराजज्यूको पावन सान्निध्य, गीता परिवारका अन्तर्राष्ट्रिय कार्याध्यक्ष डा. आशू गोयलज्यू, गीता परिवार नेपालका संरक्षक, उच्च पदाधिकारी तथा साधकहरूको उपस्थिति रहेको उक्त कार्यक्रम आध्यात्मिक तथा नैतिक जागरणलाई केन्द्रमा राखेर आयोजना भएको र कार्यक्रमले नेपालमा गीताको प्रचार प्रसार, आम सर्वसाधारणमा गीता प्रतिको चेतना फैलाउन सफल भएको छ।

कार्यक्रममा गीता परिवारका संस्थापक, श्रीरामजन्मभूमि तीर्थक्षेत्र न्यास अयोध्याका कोषाध्यक्ष परमपूज्य स्वामी गोविन्ददेवगिरि जी महाराजज्यूले आशिर्वाद प्रदान गर्नु हुँदै गीता एउटा पुस्तक मात्र नभर आमा भएको बताउनु भयो, आमाले जसरी बच्चाको पालन पोषण गर्दछिन् त्यसैगरी गीतामाताले पनि सबैको पालन पोषण गर्ने बताउनु हुँदै जीवनमा कुनै पनि कठिनाइ आइपर्दा गीतामातालाई अघि राखेर प्रार्थना गरेमा सहजै पार पाउन सकिने भगवान् श्रीकृष्णबाट आम सर्वसाधारणको मुक्तिका लागि प्रदान भएको अमृत बताउनुभयो। नेपालमा गीता परिवारले आयोजना गरेको कार्यक्रम यति भव्य र सव्य रुपमा आयोजना भएकोमा खुशी व्यक्त गर्दै भगवान् पशुपतिनाथको पावन भूमि नेपाल आमाको काखमा गीतामाताको सन्देश दिन पाएकोमा धन्यवाद दिनुभएको थियो।

कार्यक्रममा गीता मैत्रि मिलन कार्यक्रम मूल समारोह समितिका अध्यक्ष श्री जय किसन सारडाज्यूले स्वागत गर्नु हुँदै गीता परिवारको संक्षिप्त जानकारी गराउँदै परम श्रद्धेय संत स्वामी गोविंददेव गिरीजी महाराजको पावन आशीर्वाद र स्व. ओंकारनाथ मालपानीको मार्गदर्शन बाट ४० वर्ष पूर्व प्रारम्भ भएको गीता परिवार भारतका २८ प्रान्तमा मात्र नभएर विश्वका १८२ देशमा फैलिएको छ र नेपाल नै पहिलो गीता परिवारको अन्तराष्ट्रिय शाखामा दर्ज भएको बताउनुभयो। नेपालमा कोरोनाको महामारीको समयमा विजारोपण भएको गीता परिवार नेपालले आफ्नो स्थापनाको छैटौँ वसन्त पार गरेको बताउनु भयो ।

वहाँले नेपालको भौगोलिक विकटता र प्राविधिक चुनौती, गाउँ गाउँमा इन्टरनेटको समस्या आदिका बाबजुद पनि गाउँ–बस्ती तथा नगरसम्म गीताको चेतना विस्तार गर्नु नै हाम्रो अभियानको मुख्य लक्ष्य रहेको बताउनु भयो।

गीता परिवार नेपालका संस्थापक एवम् संरक्षक श्री जय किशन सारडाको अध्यक्षतामा मुल समारोह समिति र संस्थाका अध्यक्ष श्रीमती सारिका अग्रवालज्यू, उपाध्यक्ष श्री गुणराज पोखरेल, श्रीमती बबिता लखोटिया, सचिव श्री राम प्रसाद अधिकारीज्यू, कोषाध्यक्ष श्री संजय अटल सहित पदाधिकारी, कार्यसमिति सदस्य, गीता प्रशिक्षक, गीतासेवीहरु रहनु भएको विभिन्न समिति, उपसमितिहरुको स्वत स्फूर्त सक्रिय सहभागीता एवं सहयोगमा सम्पन्न भएको छ।

कार्यक्रममा गीता परिवारका अन्तर्राष्ट्रिय कार्याध्यक्ष डा. आशू गोयलज्यू, गीता परिवार नेपालकी अध्यक्ष श्रीमती सारिका अग्रवालज्यूले पनि सम्बोधन गर्नु भएको थियो, कार्यक्रममा गीता परिवार नेपालका उपाध्यक्ष श्री गुणराज पोख्रेलज्यूले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

कार्यक्रमको संचालन गीता परिवारका सचिव श्री रामप्रसाद अधिकारी, का.स.सदस्य श्रीमती स्वर्णा शर्मा आचार्य, श्रीमती सिर्जना वाग्ले, श्री पशुपति तामाङले गर्नुभएको थियो।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...