CG Electronics
IME Life
NIMB

खल्तीले ल्यायो ‘सुपर वालेट’ सुविधा, सबै केवाइसी प्रमाणित प्रयोगकर्ताका लागि खुला

NIMB
Himalayan Bank

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक Khalti ले आफ्ना सम्पूर्ण केवाइसी प्रमाणित व्यक्तिगत प्रयोगकर्ताका लागि ‘सुपर वालेट’ सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सुरु गरिएको यो सेवा नेपालमै पहिलो ‘सुपर वालेट’ तथा ‘नियो बैंकिङ’ अवधारणामा आधारित सुविधा भएको कम्पनीले जनाएको छ।

यसअघि सीमित प्रयोगकर्तामा मात्र उपलब्ध रहेको ब्याज सुविधा अब सबै योग्य प्रयोगकर्तामा विस्तार गरिएको हो। नयाँ व्यवस्थासँगै खल्ती वालेट अब केवल भुक्तानीको माध्यम मात्र नभई डिजिटल बचत उपकरणका रूपमा समेत प्रयोग गर्न सकिने भएको छ।

कम्पनीका अनुसार सुपर वालेटमा राखिएको मौज्दातमा वार्षिक २.७५ प्रतिशत ब्याज प्रदान गरिनेछ। ब्याजदर साझेदार बैंकको नीतिअनुसार परिवर्तन हुन सक्नेछ।

सुपर वालेटमा ब्याज गणना दैनिक आधारमा हुने र मासिक रूपमा स्वतः प्रयोगकर्ताको वालेटमा जम्मा हुने व्यवस्था गरिएको छ। प्रयोगकर्ताले कुनै पनि बैंकमा जानु नपर्ने र सम्पूर्ण प्रक्रिया खल्ती एपमार्फत नै सम्पन्न गर्न सकिने बताइएको छ।

यो सुविधा प्राप्त गर्न प्रयोगकर्ताको खाता केवाइसी प्रमाणित हुनुपर्नेछ। साथै, कम्तीमा १० वटा सफल कारोबार पूरा गरेको वा वालेटमा न्यूनतम १ हजार रुपैयाँको ओभरनाइट ब्यालेन्स कायम भएको हुनुपर्ने सर्त पनि राखिएको छ।

यो सुविधा केवल व्यक्तिगत खाताका लागि मात्र लागू हुने र पिओएस तथा मर्चेन्ट खाताहरू यसका लागि योग्य नहुने कम्पनीले स्पष्ट पारेको छ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...