सरकारले नागढुंगा सुरुङमार्गलाई ५ अर्ब २३ करोड बजेट विनियोजन
Monday May 29, 2023
वि.सं.२०८० जेठ १५ सोमवार २३:१३
काठमाडौं। सरकारले नागढुंगा सुरुङमार्गलाई सम्पन्न गर्ने गरि यो वर्ष ५ अर्ब १३ करोड रुपौयाँ विनियोजन गरेको छ ।
आधाभन्दा केही बढी काम सम्पन्न भएको सुरुङ मार्ग निर्माण कार्यको लागि सरकारले यो आर्थिक वर्षमा ५ अर्ब १३ करोड रुपौयाँ विनियोजन गरेको अर्थमन्त्री प्रकाश शरण महतले बताए ।
‘सुरुङमार्ग सम्पन्न गर्न ५ अर्ब १३ करोड विनियोजन गरेको छु ।’ उनले भने ।
त्यस्तै सरकारले नागढुंगा नौविसे सडक खण्ड र नैविसे–मुगलिङ सडक खण्डको स्तर उन्नति सम्पन्न गर्नका लागि पनि बजेट विनियोजन गरेको छ ।
‘नागढुंगा नौविसे सडक खण्डको स्तर उन्नति कार्य सम्पन्न गरिने छ । लागि समेत सम्पन्न गरिने छ ।नैविसे–मुगलिङ सडक खण्डको २५ किलोमिटर सडक निर्माण तथा स्तर ,उन्नतिको लागि दुई अर्ब १६ करोड छुट्टाएको छु ।’ उनले भने ।
महतले भने,मुङलिन पोखरा सडक खण्डको ५० किलोमिटर सडक विस्तार कार्य सम्पन्न गर्न पाँच अर्ब ४२ करोड विनियोजन गरेको छु ।























