सरकारले ल्याएको बजेट स्वागत योग्य छ : व्यवसायी तथा सांसद विनोद चौधरी
Tuesday May 30, 2023
वि.सं.२०८० जेठ १६ मंगलवार ०१:०४
काठमाडौं । व्यवसायी तथा सांसद विनोद चौधरीले, सरकारले ल्याएको बजेट स्वागत योग्य रहेको बताएका छन् ।
सोमवार सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गरेपछि संचारकर्मीहरुसँग उनले देशको श्रोत साधन एकदमै कम भएको अवस्थामा पनि सरकारले कहि गर्नखोजेको प्रणालीहरुको परिवर्तन स्वागतयोग्य रहेको बताएका हुन् ।
उनले भने ‘देशको श्रोत साधन एकदमै कम भएको अवस्था केहि प्रणालीहरु परिवर्तन गर्न खोज्नुभयो ,कार्ययोजनाहरु किन छरपष्ट छन्? किन कार्यन्वयन हुँदैनन् ?पँजीगत खर्च हुँदैनन् ,त्यसको लागि प्रविधि र र व्यवस्थापकिय व्यवस्थाको कुरा गर्नुभयो त्यो स्वागत योग्य कुरा हो । त्यसले सार्थकता प्राप्त गरोस् ।’
उनले सरकारले गरेको राजस्व संलनलाई टेक्नोलोजिसँग जोड्ने कुरा पनि अर्को एउटा राम्रो पक्ष रहेको बताए ।























