एनएमबि बैंकको महोत्तरी शाखामा हतियारधारी समुहले रकम लुटे
Tuesday May 30, 2023
वि.सं.२०८० जेठ १६ मंगलवार १४:५०
काठमाडौं । एनएमबि बैंकको महोत्तरी शाखामा आज केही बेर अघि लूटपाट भएको छ । हतियारधारी समुहले बैंकको काउन्टरमा छिरेर रकम लुटेको प्रारम्भिक रुपमा प्राप्त विवरणमा जनाइएको छ ।
महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको बैंकको शाखामा हतियारधारी समुह छिरेर लूटपाट गरेको हो । उक्त समुहले कति रकम लूटपाट गरेको भन्ने विवरण प्राप्त भएको छैन ।
महोत्तरी गाउँपालिकाका अध्यक्ष दीलिप कुमार पाण्डेयले अपरान्ह १२ः२५ बजे अज्ञात समुहबाट बैंकको शाखामा लूटपाट भएको पुष्टि गरेका छन् ।






















