CG Electronics
IME Life
Ncell NPL

च्यानल फाइनान्सिङ-कठिन परिस्थितिमा व्यावसायिक सशक्तिकरण

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सुस्त आर्थिक अवस्था र समग्र बैंकिङ्ग तरलतामा देखा परेको संकटको सामना गर्दै नेपालले अहिले विभिन्न आर्थिक चुनौतीहरुको अवस्थाबाट गुज्रिरहेको छ ।

 

निर्माण क्षेत्र, जुन विकासको प्रमुख आधार हो, त्यसमा समेत पर्याप्त तरलता अभावको कारण मन्दी छाएको छ । यसबाट पेन्ट व्यवसाय समेत गहन मारमा परेको छ भने निर्माण क्षेत्र र समयमै वक्यौता असुलीमा समेत असर पर्न गएको छ । उद्यपि, यी विविध कठिनाइहरुका बावजुद पनि डिलरहरुको हितमा “च्यानल फाइनान्सिङ” एक आशाको रुपमा देखा परेको छ ।

 

च्यानल फाइनान्सिङ एक त्यस्तो कार्यक्रम हो, जसले बैंकहरुबाट अत्यावश्यक तरलता सहायता प्रदान गर्दछ, र अहिलेको चुनौतीपूर्ण अवस्थामा चालू पूँजीको व्यवस्था गर्न समस्या परिरहेका व्यवसायहरुलाई टेवा प्रदान गर्दछ । डिलरहरुले अब प्रतिस्पर्धात्मक ब्याजदरमा आवश्यक रकमको व्यवस्था गर्न सक्दछन् जसबाट उनीहरु आर्थिक मन्दीमा अझ प्रभावकारी ढँगबाट अघि बढ्न सक्षम हुनेछन् ।

थप के छ भने, यो कार्यक्रमले डिलरहरुलाई धरौटी राखेर अधिक कर्जा सीमाहरुको पनि व्यवस्था गरिदिएको छ । यो कर्जा विस्तारका विकल्पहरुले डिलरहरुलाई उनीहरुको व्यवसाय कायम राख्न र त्यस्को वृद्धि गर्न आवश्यक लचकता प्रदान गर्दछ ।

यसका अतिरिक्त, प्रतिस्पर्धात्मक ब्याजदरमा च्यानल फाइनान्सिङले डिलरहरुलाई अन्य लाभहरुको अवसर पनि प्रदान गरेको छ । त्यस्तो लाभहरु मध्ये एक निर्धारित कर्जा प्रशोधन शुल्कको तुलनामा यसको कर्जा प्रशोधन शुल्क न्यून हुनु हो ।

 

यसरी खर्चमा कमी आउनाले डिलरहरुलाई आर्थिक सहायता खोज्न र उनीहरुको कार्यहरुको दायरा फराकिलो बनाउन अझ बढी सम्भव बनाइदिन्छ । यसका साथै डिलरहरुले उपलब्ध सीमाको हदमा रहेर चाडपर्व वा समयानुकूल आवश्यकताहरु परिपूर्ति गर्नका लागि तदर्थ वा अस्थायी सीमाहरुमा पहुँच राख्न सक्दछन् ।

यसप्रकारको सुविधाजनक लचिलोपनाले व्यवसायीहरुलाई अवसरहरुको फाइदा उठाउन र बजारको मागलाई अझ बढी प्रभावकारी रुपमा समायोजन गर्न सक्षम बनाउँछ ।

डिलरहरुलाई थप प्रोत्साहित गर्नु पर्ने आवश्यकतालाई मध्यनजर राख्दै बैंकहरुले स्विचिङलाई प्रोत्साहन दिन आकर्षक योजनाहरु प्रस्तुत गरेका छन् । डिलरहरुले अब न्यून लागतमा बैंक बदल्न सक्नेछन् भने साथै फ्रि क्रेडिट कार्डहरु र घातक रोग बीमा कभरेज सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् । यसबाट डिलरहरुका लागि मुल्य प्रस्ताव मात्र बढ्ने नभई बैंकिङ्ग संथाहरुसंग उनीहरुको सम्बन्ध पनि प्रगाढ हुनेछ ।

सँक्षेपमा भन्ने हो भने च्यानल फाइनान्सिङ नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरुका बीचमा एक बलियो आशाको किरण बनेर देखा परेको छ ।

यसले चुनौतीपूर्ण वर्तमान समयमा पुनरुत्थान गर्न र विकासलाई गति दिन नवीनतम वित्तीय समाधानहरुको शक्तिलाई प्रमाणको रुपमा काम गर्दछ । तरलता समर्थन, प्रतिस्पर्धात्मक ब्याजदरहरु, र अतिरिक्त लाभहरु प्रदान गरेर च्यानल फाइनान्सिङले डिलरहरुलाई उनीहरुको व्यवशाय विकासमा उत्पन्न भैरहेको बाधाबाट पार पाउन सशक्त बनाउँदछ ।

यसका अतिरिक्त, यसले समग्र आर्थिक परिदृश्यलाई बलियो बनाउँदै र उज्जवल भविष्यको लागि मार्ग प्रशस्त गरेर बैंकहरु, डिलरहरु र उत्पादकबीचको सौहाद्रपूर्ण सम्बन्ध कायम राख्न मद्दत गर्दछ ।

एशियन पेन्ट्स नेपाल र नबिल बैंकबीच हालसालै नेपालभर रहेका एशियन पेन्ट्सका डिलरहरुलाई च्यानल फाइनान्सिङको लाभ प्रदान गर्ने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा एशियन पेन्ट्स नेपालको तर्फबाट कन्ट्रि डाइरेक्टर श्री गोपालकृष्णन् जि र नबिल बैंकको तर्फबाट सिइओ श्री ज्ञानेन्द्र प्रसाद ढुँगानाले काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नु भएको थियो ।

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५० एमएल क्यान रु. ८० मा

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५०...

वि.सं.२०८३ वैशाख २० आइतवार १०:३१

‘ काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा...

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...