मुक्तिनाथ विकास बैंक र सेफ्स बर्गरबीच व्यवसायीक सम्झौता
Tuesday Jun 13, 2023
वि.सं.२०८० जेठ ३० मंगलवार २३:४७
काठमाडौं । मुक्तिनाथ विकास बैंक र सेफ्स बर्गरबीच व्यवसायीक सम्झौता भएको छ । सेफ्स बर्गरसँग बैंकले बैंकका भिसा डेबिट कार्ड प्रयोगकर्तालाई छुट दिन समझौता गरेको हो ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सेफ्स बर्गरका विभिन्न शाखाहरुमा फुड एण्ड बेभरेज सेवामा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्क मा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।




























