सिटिजन लाइफद्वारा बीमा दाबी रकम भुक्तानी
Wednesday Jun 21, 2023
वि.सं.२०८० असार ६ बुधवार १९:१८
बुटवल । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी वापतको ५ लाख ७० हजारको चेक हस्तान्तरण गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाबाट १ बर्ष भन्दा पहिला ५ लाख बीमाङ्क रकमको सिटिजन शुभारम्भ बीमा योजना योजना बीमालेख लिएका बुटवल १७ का दुर्गा बहादुर कुमालको मृत्यु भए पछि दाबी भुक्तानी बापत बीमाङ्क रकम, काजक्रीया खर्च र बोनस रकम गरि जम्मा ५ लाख ७० हजार रुपैयाँको चेक रकम मृतककी धर्म पत्नी सरस्वती कुमाललाई हस्तान्तरण गरेको हो। उक्त रकम कम्पनीका क्षेत्रीय शाखा प्रबन्धक दुर्गाराज ढकालले हस्तान्तरण गरेका हुन ।
चेक हस्तान्तरण गर्दै इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रबन्धक ढकालले जीवन बीमाले अकालमा ज्यान गुमाउनु परेको परिवारले आफ्नै बचतबाट प्राप्त रकमले परिवारमा मृत्यु पश्चात पनि राहत महसुस गर्न पाउने भएकोले पनि जीवन बीमा अपरिहार्य रहेको बताए ।

























