CG Electronics
IME Life
NIMB

सरुवालाई व्यवस्थित बनाउँदै मन्त्री मोदी, सुगमका कार्यालय रोजेर निवेदन दिन दुर्गमका कर्मचारीलाई आव्हान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन आव्हान गरेको छ ।

सरुवामा विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन लागिरहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीको निर्देशनमा बिहीबार मन्त्रालयले ९ दिनभित्र निवेदन दिन सार्वजनिक रुपमा आव्हान गरेको हो ।

निजामती कर्मचारीहरुको सरुवालाई व्यवस्थित बनाउनका लागि मन्त्री मोदीले २०८० जेठ २९ गते गठन गरेको कार्यदलको प्रतिवेदन उनले हालै बुझेका थिए । सोही प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा मन्त्री मोदीको निर्देशनमा मन्त्रालयले एक सुचनामार्फत् सार्वजनिक आव्हान गरेको हो ।

मन्त्रालयको पदभार सम्हालेदेखि नै मन्त्री मोदीले पहुँचविहीनहरु विकटको विकट नै क्षेत्रमा रहिरहनुपर्ने बाध्यताको अन्त्य गर्ने बताउँदै आएका थिए । मन्त्रालयले सुगम क्षेत्रका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई दुर्गम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन पनि आव्हान गरेको छ ।

‘निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (३) को खण्ड (क) बमोजिम (क) वा (ख) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी कार्य अवधि पूरा भएका (डेढ वर्षभन्दा बढी दुर्गम क्षेत्रका कार्यालयमा सेवा प्रदान गरिसकेका) निजामती कर्मचारीहरुले सोही उपदफाको खण्ड (ख) बमोजिम (ग) वा (घ) वर्गको भौगोलिक क्षेत्रमा (सुगम क्षेत्रका कार्यालयहरु) साथै सोही उपदफाको (ख) बमोजिम (ग) वा (घ) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी कार्य अवधि पूरा भएका निजामती कर्मचारीहरुले सोही उपदफाको खण्ड (क) बमोजिम (क) वा (ख) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गर्न इच्छुक भएमा पिआइएस अद्यावधिक गरी ९ (नौ) दिनभित्र निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ मन्त्रालयले जारी गरेको सुचनामा भनिएको छ ।

साथै मन्त्रालयले सरुवा व्यवस्थापनका प्रत्येक निजामती कर्मचारीहरुले आफ्नो हालसम्मको विवरण (नियुक्ति, पदस्थापन, सरुवा, समायोजन, काज, कामकाज, रमाना, हाजिर भएको जानकारी लगायत सम्पूर्ण विवरण) ७ दिनभित्र अनिवार्य रुपमा अद्यावधिक गर्न समेत निर्देशन जारी गरेको छ ।

Sudan

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...