CG Electronics
IME Life
NIMB

प्राकृतिक यथार्थलाई अस्विकार गर्न मिल्दैन : पर्यटन मन्त्री किराती

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री सुदँन किरातीले, फरक पहिचान भएकाहरुलाई अझै पनि समाजले स्वीकार गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौंमा आयोजित फरक पहिचान भएकाहरुका लागि आयोजित ट्रेकिङ गाइड प्रशिक्षण तथा प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री किरातीले, प्राकृतिक यथार्थलाई स्वीकार गर्न नसक्ने समाज खुसी हुन नसक्ने बताए ।

‘प्रकृतिलाई स्वीकार गर्न सक्ने, प्रकृतिसँग खेल्न सक्ने मान्छे मात्रै जीवनमा सुखि हुन्छ, हामीले प्रकृतिलाई स्वीकार गर्ने हो भने मात्रै हामी सुखि हुन सक्छौ ।’ उनले भने ।

संविधान मै फरक पहिचान भएकाहरुले ठूलो संघर्षबाट नागरिकताको अधिकार प्राप्त गरेको स्मरण गर्दै उनले सामाजिक परिर्वतन अझै आवश्यक रहेको बताए।

उनले भने ‘समाजमा अहिले पनि तुच्छ व्यहार गरिन्छ, प्रकृतिको नियम हो यो कसैको चहाना होईन्, जसले प्रकृतिलाई अस्विकार गर्छ ती मान्छेहरु प्रकृति विरोधी हुन्, ती समाजहरु प्रकृति विरोधी समाजहरु हुन् जो आफू सभ्य, वृद्धिजीवि भएर प्रस्तुत हुन्छन्, जब यो प्रकृतिको उपहारहरुलाई स्विकार गर्न सक्दैनन्, भने तीनिहरुलाई हामीले वौद्धिक भन्न सक्दैनौ । यो सताव्दीको मानव समाज भन्न सक्दैनौ ।’

उनले आफ्नो वंश निर्माण गर्न नसक्ने यो समुदायलाई सजाय नभई सहयोगको आवश्यकता हुने भन्दै त्यसका लागि आम नागरिकको ध्यानाकर्षण गराए ।

‘यो समुदायको वंश हुदैँन् । सजाय होईन सहयोगको आवश्यक हुन्छ । तपाईहरुसँग सरकार सधैँ हुन्छ तपाईहरुले आफ्नो समुदायमा आफूले सिकेको ज्ञानलाई यो समाजमा दिदैँ जानु । ’

 

 

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...