NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

NIMB
leapmotornepal (citroen)

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन तथा ‘संस्कृति र पर्यटन’ विषयक वृहत् गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम ललितपुरको पुल्चोकस्थित ताम्राकार समाज भवनमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको पहिलो सत्रमा आयोजित गोष्ठीमा नेपालको बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय पहिचानलाई पर्यटनसँग जोडेर आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि एवं गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आदिवासी जनजातिका मौलिक संस्कृति, परम्परा, भाषा, कला र जीवनशैलीलाई पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधारका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि राज्य, स्थानीय तह र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य हुनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रमको दोस्रो सत्रअन्तर्गत सम्पन्न प्रथम अधिवेशनले प्रशान्त मालीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। फोनिजका संघीय महासचिव समिर बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा पत्रकारितामार्फत आदिवासी जनजाति समुदायका मुद्दा, अधिकार र सरोकारलाई प्रभावकारी रूपमा उठाउनुपर्ने आवश्यकता औंल्याइएको थियो। महासचिव बलामीले संगठनलाई अझ सक्रिय र सशक्त बनाउन नयाँ कार्यसमितिलाई आग्रह गर्नुभयो। अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा राजु राजदेव बज्राचार्य, महिला उपाध्यक्षमा रमिता छुजु, महासचिवमा प्रवीण किराँती, सचिवमा राजेश बज्राचार्य, महिला सचिवमा सरिना बज्राचार्य तथा कोषाध्यक्षमा चाँदनी मोक्तान चयन हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा विकास माली, सपना थामी, हर्कबहादुर श्रेष्ठ, दिलीप शाही, ईश्वर महर्जन, नरेश महर्जन, बीके जल्मी, तुलसी प्रजापति, भूपेन्द्र शाक्य, सुबिन शाक्य, बसु शाही र नन्दराम महर्जन सर्वसम्मत चयन हुनुभएको छ। नयाँ नेतृत्व चयन भएपछि नवनिर्वाचित अध्यक्ष प्रशान्त मालीले संगठनात्मक सुदृढीकरण, पत्रकारहरूको क्षमता विकास, पेशागत सुरक्षा, आदिवासी जनजाति समुदायका विषयवस्तुको प्रवर्द्धन तथा सञ्चार क्षेत्रमा समावेशी सहभागिता विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नवनिर्वाचित महासचिव प्रवीण किराँतीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा फोनिजका संघीय पदाधिकारी, बागमती प्रदेश तथा अन्य प्रदेश समितिका प्रतिनिधि, नेपाल पत्रकार महासंघ उपत्यका समन्वय समितिका प्रतिनिधि, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार, आदिवासी जनजाति समुदायका अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशन तथा गोष्ठीको भव्य सफलतासँगै फोनिज उपत्यका समन्वय प्रदेश समितिले नयाँ नेतृत्वमार्फत आदिवासी जनजाति समुदायको हकहित, संस्कृति संरक्षण तथा समावेशी पत्रकारिताको विकासमा थप प्रभावकारी र ऐतिहासिक भूमिका निर्वाह गर्ने विश्वास जगाएको छ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...