CG Electronics
IME Life
NIMB

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

NIMB
Himalayan Bank

काठमाडौँ। नेपाल टेलिकमले हाल सञ्चालन भइरहेको फिफा विश्वकप– २०२६ लाई लक्षित गर्दै आफ्ना एनटीटीभी ग्राहकहरूका लागि विशेष प्याकेज उपलब्ध गराएको छ। टेलिकमले यो प्याकेज खरिद गर्ने क्रममा वा प्रयोग गर्दा आउने जुनसुकै समस्या र गुनासोहरूलाई तत्काल सम्बोधन गर्नका लागि चौबीसै घण्टा सोधपुछ तथा ग्राहक सेवाको समेत व्यवस्था गरेको छ। प्याकेज खरिद वा सञ्चालनका क्रममा कुनै समस्या आएमा ग्राहकहरूले सिधै १९८ नम्बरमा सम्पर्क गरी आफ्नो गुनासो दर्ता गराउन सक्नेछन्। यसका साथै ग्राहकहरूको सहजताका लागि वैकल्पिक नम्बरका रूपमा ०१–५७२०१९१ समेत तोकिएको छ, जहाँ प्राप्त हुने गुनासोहरूलाई उच्च प्राथमिकतामा राखेर समाधान गरिने टेलिकमले जनाएको छ।

यस फिफा विश्वकप– २०२६ टीभी प्याकेज अन्तर्गत सम्पूर्ण एनटीटीभी ग्राहकहरूले मात्र ९९९ रुपैयाँमा प्याकेज खरिद गरी विश्वकपा रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। प्याकेज सुचारु गर्नका लागि ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमा ुहिमालय स्पोर्ट्सु च्यानल छनोट गर्नुपर्नेछ। च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन देखा पर्नेछ, जहाँ नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राखेपछि एउटा ओटीपी कोड प्राप्त हुनेछ। उक्त ओटीपी कोडलाई टीभी स्क्रिनमा प्रविष्ट गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट स्वतः ९९९ रुपैयाँ काटिनेछ र प्याकेज तुरुन्तै सुचारु हुनेछ। यसका साथै ग्राहकहरूले आफ्नो नजिकैको नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रमा गएर पनि यो प्याकेज सक्रिय गराउन सक्नेछन्।

नेपाल टेलिकमले आफ्ना उच्च गतिको इन्टरनेट प्रयोगकर्ताहरूका लागि यो प्याकेजमा विशेष बोनसको समेत व्यवस्था गरेको छ। वार्षिक १०० वा सोभन्दा बढी गतिको प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० भन्दा मुनिको प्याकेजबाट १०० वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकहरूले फिफा विश्वकप– २०२६ टीभी प्याकेज बोनसका रूपमा पूर्ण रूपमा निःशुल्क प्राप्त गर्नेछन्। उक्त बोनस प्याकेज प्राप्त गर्नका लागि ग्राहकले आफ्नो मोबाइलबाट १४१६ डायल गरी त्यसपछि ४ नम्बर छनोट गरेर प्राप्त निर्देशन अनुसार आफ्नो सेटअप बक्सको म्याक एड्रेस उपलब्ध गराउनुपर्ने नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछाने बताउँछन् ।

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली...

वि.सं.२०८३ साउन ३ आइतवार १२:२३

  काठमाडौं, १६ जुलाई २०२६ — अग्नि ग्रुप अन्तर्गतको प्युजो...

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...