CG Electronics
IME Life
NIMB

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६’ का लागि स्टल बाँडफाँड कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको यो एक्सपो आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। एक्सपोमा सहभागी चार पाङ्ग्रे, दुई पाङ्ग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका ४९ वटा ब्रान्डहरूका लागि पूर्वनिर्धारित तथा पारदर्शी चिट्टा प्रक्रियामार्फत कुल ४९ वटा स्टलहरू बाँडफाँड गरिएको छ। जसमध्ये २६ वटा स्टल चार पाङ्ग्रे र २३ वटा स्टल दुई पाङ्ग्रे तथा व्यावसायिक सवारी साधन ब्रान्डहरूलाई प्रदान गरिएको हो।

नाइमा अध्यक्ष रितु सिंह वैद्यले देशकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित हुँदै गएको यस नाइमा नेपाल मोबिलिटी एक्सपोप्रति उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्त्व थप पुष्टि गरेको बताउनुभयो। उहाँले एक्सपोलाई केवल प्रदर्शनीमा सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने नाइमाको उद्देश्य रहेको उल्लेख गर्नुभयो। प्रारम्भिक चरणका सबै स्टल सुनिश्चित भइसकेको जानकारी दिँदै निर्धारित समयसीमा समाप्त भइसकेपछि पनि केही कम्पनीहरूबाट सहभागिताका लागि अनुरोध प्राप्त भइरहेको उहाँले बताउनुभयो। उपलब्ध स्थान तथा सम्भावनाको मूल्याङ्कन गरी विशेष गरेर नाइमा सदस्य कम्पनीहरूलाई प्राथमिकतामा राखेर यस्ता अनुरोधहरू सम्बोधन गर्ने प्रयास गरिने उहाँले जानकारी दिनुभयो।

 

नाइमा नेपाल मोबिलिटी एक्सपो योजना समितिका अध्यक्ष गौरव शारदाले ४९ ब्रान्डको सहभागितासहित स्टल बाँडफाँड सम्पन्न हुनु प्रदर्शनीप्रति उद्योग क्षेत्रको विश्वास, उत्साह र बढ्दो आकर्षणको प्रतिबिम्ब भएको बताउनुभयो। उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिता र सहयोगले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ लाई नेपालकै सबैभन्दा ठूलो तथा प्रभावशाली मोबिलिटी प्रदर्शनीका रूपमा स्थापित गर्दै विश्वस्तरीय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको प्रदर्शनी अनुभव प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले स्टल बाँडफाँड प्रक्रिया पूर्ण रूपमा पारदर्शी, निष्पक्ष तथा पूर्वनिर्धारित मापदण्डअनुसार सम्पन्न गरिएको बताउनुभयो। नेपालका प्रायः सबै प्रमुख सवारी साधन ब्रान्डहरूको सहभागिता रहने यस एक्सपोको तयारी सहभागी सवारी साधन ब्रान्डहरू, साझेदार संस्था तथा अन्य सरोकारवालाहरूसँगको सहकार्यमा व्यवस्थित तथा उच्च मापदण्डअनुरूप अघि बढिरहेको जानकारी उहाँले दिनुभयो।

एक्सपोमा सहभागी हुने चार पाङ्ग्रे सवारी ब्रान्डहरूमा ARCFOX, BAIC, BYD, Citroen, Denza, Forthing, Great Wall Motors, Henrey Volts, Honri Boma, Hyundai, iCAUR, Kaiyi, KIA, Leapmotor, Mahindra, Maxus, MG – GO Automobiles, MG – Paramount Motors, Nissan, Omoda & Jaecoo, Peugeot, Proton, TATA, Toyota, Wuling र Zeekr रहेका छन्। त्यस्तै, दुई पाङ्ग्रे सवारी ब्रान्डहरूमा Ather, Bajaj, CFMOTO / ZEEHO, Garrow, Honda, Keren, KTM, Morbidelli, NIU, Peugeot & BGAUSS, Royal Enfield, Suzuki, Triumph, TVS, Ultraviolette, Yadea र ZX MOTO / CX Motorcycles सहभागी हुनेछन् भने व्यावसायिक सवारी साधन ब्रान्डहरू तर्फ Chery Wanda, Karry, Keyton र Skyworth रहेका छन्।

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा सवारी साधन, मोबिलिटी समाधान, प्रविधि तथा नवप्रवर्तनका नवीनतम प्रवृत्तिहरू प्रदर्शन गरिनेछन्। एक्सपोमा अग्रणी ब्रान्डहरूको सहभागिता, नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधिको प्रदर्शन तथा समानान्तर ज्ञानमूलक सत्रहरू समावेश हुनेछन्। यसले उपभोक्ता, व्यवसायी तथा उद्योगका सरोकारवालाहरूलाई एकै स्थानमा जोड्दै नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई नजिकबाट चिन्ने अवसर प्रदान गर्नेछ। नाइमा नेपालको मोबिलिटी तथा अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था हो, जसले ‘मोबिलिटी फर अल’ को अवधारणालाई अघि बढाउँदै उद्योग विकास, नवप्रवर्तन प्रवर्द्धन तथा नीतिगत सहकार्यका लागि साझा मञ्चका रूपमा कार्य गर्दै आएको छ। प्रदर्शनीको समग्र व्यवस्थापन Media Space Solutions (MSS) ले गर्नेछ भने Digipal Solutions डिजिटल मिडिया साझेदार र Profit Media नाइमा मोबिलिटी पब्लिकेसन साझेदारका रूपमा आबद्ध रहनेछन्।

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:२०

काठमाडौँ । वर्षायाम (मनसुन) सुरु भएसँगै लगातारको झरी र घाम...

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम...

वि.सं.२०८३ साउन ७ बिहीवार २१:४३

  काठमाडौं। नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम...

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक गर्‍यो – स्मार्ट, दिगो र सहरी EV यात्राको समाधान

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक...

वि.सं.२०८३ साउन ७ बिहीवार १७:३४

  • 158 km IDC रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड...

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...