CG Electronics
IME Life
NIMB

एनएमबि बैंकको खुद नाफा ३.६३ प्रतिशत बढे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । एनएमबि बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३.६३ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत बढेर ८ अर्ब ३४ करोड २४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ५.०४ प्रतिशत बढेर १ अर्ब ५४ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी २१ प्रतिशत बढेर १० अर्ब ३३ करोड रुपैयाँ र सञ्चालन मुनाफा ६.११ प्रतिशत बढेर ४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

गत वर्ष बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ६५ पैसा बढेर १८.५७ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.७९ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ, जगेडा कोष २०.५० प्रतिशत बढेर १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ, निक्षेप १३.७९ प्रतिशत बढेर २ खर्ब १० अर्ब ३० करोड रुपैयाँ र कर्जा लगानी ८.२२ प्रतिशत बढेर १ खर्ब ८९ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा १.४५ प्रतिशतबाट बढेर २.७२ प्रतिशत पुगेको छ । यस्तै बैंकको कस्ट अफ फण्ड ७.३४ प्रतिशत, आधार दर १०.३७ प्रतिशत र सीडी रेसियो ८३.४६ प्रतिशत रहेको छ ।

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...